शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकाद्वारा बैरेनीका बाढी प्रभावित परिवारलाई राहत वितरण

गल्छी गाउँपालिकाद्वारा बैरेनीका बाढी प्रभावित परिवारलाई राहत वितरण

शिवराज आचार्य

११, भाद्र २०८३
  • 1.9K
    SHARES
  • गल्छी गाउँपालिकाद्वारा बैरेनीका बाढी प्रभावित परिवारलाई राहत वितरण

    धादिङ । धादिङको गल्छी गाउँपालिकाले बाढी प्रभावित परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० हजार रुपैयाँ वितरण गरेको छ।

    images
    images

    बुधबार आएको आकस्मिक बाढीका कारण गल्छी गाउँपालिका–६ बैरेनी क्षेत्रका ११५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। बाढीले बस्तीमा ठूलो परिमाणमा हिलो र लेदो थुपारेपछि स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ।

    गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले गाउँपालिकाभित्र ११५ भन्दा बढी घर विस्थापित भएको जानकारी दिनुभयो। उहाँका अनुसार बुधबार बिहान सम्भावित जोखिमको सूचना प्राप्त हुनासाथ स्थानीयवासीलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो, जसका कारण मानवीय क्षति हुनबाट जोगिन सहयोग पुगेको थियो।

    1fcc2239-7c81-4623-ad11-cf1027e48115.jfif

    बाढीपछिको अवस्थामा प्रभावित क्षेत्रको सरसफाइ तथा हिलो पन्छाउने प्रयास भइरहेको भए पनि अत्यधिक हिलोका कारण काममा कठिनाइ भइरहेको अध्यक्ष खतिवडाले बताउनुभयो।

    गाउँपालिकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापना र आवश्यक सहयोगका लागि थप पहल गरिरहेको जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०८३ बिहिवार - १९:३७:३५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology