शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चीनतर्फको ताल फुट्यो, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन धादिङ प्रशासनको आग्रह

चीनतर्फको ताल फुट्यो, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन धादिङ प्रशासनको आग्रह

शिवराज आचार्य

१२, भाद्र २०८३
  • 862
    SHARES
  • चीनतर्फको ताल फुट्यो, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन धादिङ प्रशासनको आग्रह

    धादिङ। चीनतर्फको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा पहिरोले थुनिएर बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएको छ। चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएपछि धादिङ प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    images
    images

    धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौत्तमका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भइसकेको छ। उहाँले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन निर्देशन दिइएको बताउनुभयो।

    चीनको जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको थियो।

    यसैबीच, ताल फुटेपछि थप बाढीको जोखिम बढेको भन्दै चीनले तिब्बत क्षेत्रमा सञ्चालन भइरहेको उद्धार अभियानसमेत स्थगित गरेको जनाएको छ। प्रशासनले त्रिशुली तथा सम्बन्धित नदी तटीय क्षेत्रका बासिन्दालाई आधिकारिक सूचना तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०८३ शुक्रवार - १२:०४:२८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology