धादिङ । नेपाली कांग्रेस थाक्रे गाउँपालिकाको १५औँ वडा अधिवेशन ११ वटै वडामा सम्पन्न भएको छ। वडा अधिवेशनबाट वडा सभापति, पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन्। अधिवेशन सम्पन्न भएसँगै नेपाली कांग्रेस थाक्रे गाउँपालिकाको आगामी गाउँ अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि सुरु भएको छ। यसै क्रममा थाक्रे गाउँपालिका–११ का वडा अध्यक्ष तथा निवर्तमान वडा सभापति सुदर्शन पाण्डेले गाउँपालिका सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
पाण्डेले गाउँ अधिवेशनको पूर्वसन्ध्यामा अग्रज नेता तथा समकालीन साथीहरूले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेको उल्लेख गर्दै आफूले पनि वर्तमान परिस्थिति र आफ्नो समयानुकूल गाउँपालिका सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभएको छ।
उहाँले गाउँ अधिवेशनका सन्दर्भमा नेपाली कांग्रेसका नेता, शुभेच्छुक तथा क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोगको अपेक्षा रहेको बताउनुभएको छ।