पोखरा बजारबाट नजिकै रहेको काँहुडाँडाको सौन्दर्य प्रचारप्रसारको अभावमा गुमनाम रहेको छ। वर्षमा गरिने एउटा महोत्सवपछि यो ठाउँको वास्तै गरिन्न। समुन्द्र सतहबाट करिब १४०० मिटरको उचाइमा रहेको यो क्षेत्रमा यतिखेर गुराँस फुलेको छ। कोटमा महादेवको मन्दिर छ। धरहरा चढेर पोखरा उपत्यका हेर्न सकिन्छ। अन्नपूर्ण हिमसृंखला आखैंमा ठोकिएला झैँ गर्छन्। सूर्यास्त र सूर्योदयको दृश्यले यो ठाउँलाई भुल्न दिंदैन। नजिकै घरवास सुरु गरिएको छ। यिनै दृश्यहरू हेर्नको लागि सराङकोट जानेको लर्को लागे पनि पोखरादेखि करिब ६ किलोमिटर (पिच बाटो) पर रहेको यो ठाउँ सबैको रोजाइमा परेको छैन।
पोखराका-१३ का बलराम बराल पहिलो पटक पुग्दा यो ठाउँमा पहिला किन नआएको भनेर थक थक मानिरहेका थिए। गौंडाको मुख निवासी तथा शिक्षक राजेन्द्र भण्डारी तथा कल्याण ढेवाजुले ‘अहो यो ठाउँ त, सराङकोट भन्दा पनि राम्रो रहेछ’ भने।
धादिङ, हेमलेट रेस्टुरेन्टका मालिक रामजीप्रसाद मरहट्टाले भने ‘ठाउँ साह्रै राम्रो लाग्यो तर आन्तरिक पर्यटक आकर्षित गर्न सकिने ठाउँमा स्थानीयको पहल हुनु आवश्यक छ।’
मोबाइलबाट खिचिएको काँहु डाँडाबाट देखिने केही दृश्यहरू हेरौं। गुराँस र हिमाल हेर्न जाने होइन त?
प्रकाशित मिति :चैत्र ५, २०७५ मंगलवार -
१२:२३:५४ बजे
सेयर
Sobizpress SuAdmin
He is chief editor of our media and continously working for society.