सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

एनपीएलमा सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सुखद सुरुआत

एनपीएलमा सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सुखद सुरुआत

नागरिक पाटी

९, कार्तिक २०८३
  • 477
    SHARES
  • एनपीएलमा सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सुखद सुरुआत

    साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुखद सुरुआत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको हो । लुम्बिनीले एनपीएलको इतिहासमा लिग चरणमा सुदूरपश्चिमविरुद्ध पहिलो पटक जित निकालेको हो । यसअघि दुई संस्करण खेल्दा टोलीले सुदूरपश्चिमलाई लिग चरणमा हराउन सकेको थिएन ।

    images

    लुम्बिनीले जित निकाल्ने क्रममा सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य ९।४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले १७.२ ओभरमा ८७ बनाउँदै अलआउट भयो ।

    खेलमा सुदूरपश्चिमका मुख्य आशा गरिएका खेलाडीले सन्तोषजनक प्रर्दशन गर्न सकेनन् । सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे । जुन व्यक्तिगत रूपमा ब्याटरले बनाएको सर्वाधिक रन बन्यो ।

    अनिल खरेलले १५ रन बनाए । ओपनर सैफ जैबले १३ रनमै रोकिए । अर्का ओपनर विनोद भण्डारीले नौ रन बनाएर पभेलिएन फर्किए । इशान पाण्डेले सात, अभिनाश बोहराले तीन, ब्रान्डन म्याकमुलेनले दुई, शेरफन रदरफोर्डले एक बनाउँदा आरिफ शेख, हेमन्त धामी र स्कट कुगेलेइन ‘डक’ आउट भएका थिए ।

    लुम्बिनीले दोस्रो सिजन जित्दा फाइनलमा गरेको प्रदर्शनको झल्को दिलायो । गत सिजन लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा रोक्दै उपाधि जितेको थियो ।

    सुदूरपश्चिमलाई सस्तैमा रोक्न किशोर महतो र शेर मल्लको जोडी चम्कियो । किशोरले टोलीका लागि चार विकेट लिए । चार ओभर बलिङ गर्दा किशोरले २२ रन खर्चिएका थिए ।

    शेरले भने तीन विकेट लिए । शेरले चार ओभर बलिङ गर्दा ११ रन खर्चिए । त्यसैगरी, तिलक भण्डारी, कप्तान रोहत पौडेल र शाड्ली भान शाल्विकले समान एक विकेट लिएका थिए ।

    खेलमा यसै संस्करण पहिलो पटक प्रयोग गरेको डीआरएस प्रणालीको प्रयोग भयो । जसमा कूल पाँच अपिल भएको थियो ।

    जितसँगै लुम्बिनीले प्रतियोगितामा दुई अंक जोडेको छ । अब लुम्बिनीले दोस्रो खेलमा आगामी अक्टोबर ३१ मा चितवन राइनोजविरुद्ध खेल्ने तालिका छ । खराब सुरुआत गरेको सुदूरपश्चिमले भने अक्टोबर २८ मा पोखरा एभेन्जसविरुद्ध खेल्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ९, २०८३ सोमवार - २१:४४:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology