आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमावली विवादमा अल्झियो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमावली विवादमा अल्झियो

  • 4.0K
    SHARES
  • काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमावली विवादमा अल्झिएको छ। महामन्त्री पूर्णबहादुर खड्काले २२ असारमा सुरु भएको बैठकमा १४ वटा एजेन्डा पेस गरेका थिए। २९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सहमति जुटेको थियो। यो अवधिमा नियमावली मस्यौदा संशोधन समितिले असन्तुष्टिको सम्बोधन गरेको छैन। बाढी, पहिरो र डुबानको विपत्तिका कारण स्थगित बैठक बिहीबार पुनः बस्दै छ। नियमावली नबनेसम्म कांग्रेसको नयाँ विधान कार्यान्वयनमा आउँदैन। मस्यौदा समितिका संयोजक रमेश लेखक एक साताका लागि देशबाहिर रहेकाले यो मुद्दा सल्टिन केही समय लाग्न सक्ने देखिएको छ। यही विषयमा बुधबार पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्यो। नियमावली कसरी पारित गर्नेदेखि अन्य एजेन्डाबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। अन्नपुर्ण पोष्टमा खबर छ ।
    २०७६ साउन ९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १४:२४:५० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology