आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कुन रंगको गुलाबको अर्थ के ?

कुन रंगको गुलाबको अर्थ के ?

  • 7.8K
    SHARES
  • गुलाबको फूललाई पे्रमको प्रतिक रुपमा लिइन्छ। गुलाब मन नपर्ने मानिसहरु शायदै भेटिएलान् । चोहे कुनै सजावटका लागि होस् वा अन्य कुनै कार्यका लागि गुलाब विभिन्न प्रयोजनका लागि प्रयोग भइरहेको हुन्छ । साथी–भाइ, प्रेमी–प्रेमिकाले गुलाब दिएर आफ्नो मनको भावना व्यक्त गर्ने गरेको पाइन्छ। तर के तपाईलाई थाहा छ, फरक–फरक रंगका गुलाबको अर्थ के हो ? विभिन्न रंगका गुलाबको अर्थ रोतो गुलाबः रातो रंगको गुलाब प्रेमको प्रतिक मानिन्छ। यदि तपाई कसैलाई पे्रम गर्नु हुन्छ र उक्त व्यक्ति प्रति प्रेम व्यक्त गर्न चाहानुहुन्छ भने रातो गुलाब दिएर आफ्नो मनको भावना व्यक्त गर्न सक्नुहुन्छ। सेतो गुलाबः सेतो गुलाब पवित्रता वा शान्तिको प्रतिक मानिन्छ। यदि तपाईले कसैको चित्त दुखाउनु भएको छ, वा माफी माग्न चाहानुहुन्छ भने सेतो गुलाब दिएर सम्बन्धलाई सुधार गर्न सक्नु हुन्छ। पहेँलो गुलाबः पहेंलो गुलाबले सधै साथीत्व कायम राख्छ। गुलाब दिवसको दिनमा तपाई आफ्नो साथीलाई पहेंलो गुलाब दिन सक्नुहुन्छ। वा कुनै व्यक्तिसँग मित्रता गाँस्न चाहानुहुन्छ भने पनि पहेंलो गुलाब दिन सक्नुहुन्छ। पिंक सुनौलो गुलाबः यो गुलाबलाई खुसीयाली, नम्रता र सभ्यताको प्रतिक मानिन्छ। कसैलाई तपाई धन्यबाद दिन चाहानुहुन्छ भने पिंक रंगको गुलाब दिन सक्नु हुन्छ। सुन्तला रंगको गुलाबः यो गुलाब उत्साहको प्रतिक मानिन्छ। यदि तपाई केही स्पेशल मानिसलाई मन भित्रैबाट चाहानुहुन्छ भने सुन्तला रंगको गुलाब दिएर आफ्नो भावना व्यक्त गर्न सक्नुहुन्छ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १८:०९:४८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology