शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा !

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा !

  • 7.9K
    SHARES
  • काठमाण्डौ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ३ हजार ६७ विद्यार्थीले उच्च तह ३.६१ देखि ४.०० जीपीए ल्याएका छन् । नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी मध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् । यस्तै, १६ हजार २ सय ४ जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् । ३१ हजार विद्यार्थीले २.८१ देखि ३२० जीपीए, ५६ हजार ५ सय ३ जनाले २.४१ देखि २.८०, ८६ हजार २ सय २७ जनाले २.०१ देखि २.४० जीपीए, ६२ हजार ६ सय १९ जनाले १.६१ देखि २.०० जीपीए, १९ हजार जनाले १.२१ देखि १.१६० जीपीए, ३ हजार ५ सय २४ जनाले ०.८१ देखि १.२० जीपीए र १३ हजार ३ सय ६२ जनाले ०.० देखि ०.८० ल्याएका छन् । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका बोर्डले जनाएको छ । ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंकतर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । गएको वर्षदेखि बोर्डले कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गर्न थालेको हो । यसरी हेर्न सकिन्छ नतिजा : एसएमएसबाट नेपाल टेलिकमको १६०० मा एसएमएस गर्ने तरिका स् ल्भ्द्य लेखेर एक स्पेस दिने र सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमए‍स गर्ने । जानकी टेक्नोलोजिको ३५००१ मा एसएमएस गर्ने तरिका स् ल्भ्द्य लेखेर एक स्पेस दिने र सिम्बोल नम्बर टाइप गरी ३५००१ मा एसएमएस गर्ने । वेबसाइटहरु राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट www.neb.gov.np नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np इयुजोनिक्स एजुकेसन प्रालिको वेबसाइट www.edusanjal.com
    २०७६ श्रावण १३ गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०७६ मंगलवार - ०३:२८:५८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology