शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्याराडाइज इन्टरनेशनल म्यानपावर कम्पनीमा विभागले छापा

प्याराडाइज इन्टरनेशनल म्यानपावर कम्पनीमा विभागले छापा

  • 6.7K
    SHARES
  • काठमाण्डौँ । आइतबार ललितपुरको कुपण्डोलस्थित नेपालकै ठूलो म्यानपावरमा गनिने प्याराडाइज इन्टरनेशनल म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । युएई जान लागेका कामदारसँग बढी शुल्क लिएको सूचना पाएपछि विभागको टोली पुगेको थियो । टोलीले कामदारसँग तोकिएको भन्दा धेरै शुल्क उठाइरहेको रंगेहात फेला पारेको छ । क्लिनरका रुपमा पठाउन लागिएका कामदारसँग कम्पनीले १ लाख भन्दा बढी रकम मागेको थियो । विभागले अनुसन्धानका लागि म्यानपावरका विभिन्न कागजात नियन्त्रणमा लिएको छ । प्याराडाइज म्यानपावर कम्पनी गत वर्ष सबैभन्दा धेरै कामदार पठाउनेमा तेस्रो स्थानमा थियो । यसले एक वर्षमै ३ हजार सय २७ कामदारलाई विदेश पठाएको थियो । २०७६ साउन १९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - ०३:२६:२१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology