शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिविको उपकुलपति छनोट गर्न शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको संयोजकत्वमा सर्च कमिटी गठन

त्रिविको उपकुलपति छनोट गर्न शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको संयोजकत्वमा सर्च कमिटी गठन

  • 4.4K
    SHARES
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयका हालका उपकुलपति प्रा.डा. तीर्थ खनियाँको कार्यकाल सकिन दुई साता बाँकी रहेकाले नयाँ उपकुलपति छनोट गर्न लागिएको हो । सहकुलपतिसमेत रहेका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन भएको हो । कमिटीमा कमलप्रसाद गुरागाईं र दिल्लीप्रसाद शर्मा सदस्य रहेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको ऐनमा सहकुलपतिको संयोजकत्वमा सिनेटका दुई सदस्य रहने गरी सर्च कमिटी गठन गर्ने व्यवस्था छ । सर्च कमिटीले सिफारिस गरेको व्यक्तिलाई कुलपति एवम् प्रधानमन्त्रीले नियुक्त गर्ने प्रावधान छ । २०७६ साउन २० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - १७:१८:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology