काठमाडौं । लेखक तथा पत्रकार खेम थपलिया बागबजारबाट पक्राउ परेका छन्। प्रगतिशील लेखक संघ ९प्रलेस०सँगै जोडिएको जलजला मासिकको कार्यालयबाट शनिबार दिउँसो थपलिया पक्राउ परेका हुन्।
प्रहरीले उनको कार्यालयमा रहेका कम्प्युटर र कागजातसमेत लगेको छ। नेपाल प्रहरीको विशेष ब्यूरोले थपलियालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।
थपलिया नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव हुन्। यसै संगठनका अध्यक्ष माइला लामा पक्राउ परेपछि संगठनको तर्फबाट थपलियाले नै सरकारविरुद्ध विज्ञाप्ति जारी गरेका थिए।
२०७६ साउन २५ गते प्रकाशित