शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री केपी ओली भोली स्वदेश फर्कदै

प्रधानमन्त्री केपी ओली भोली स्वदेश फर्कदै

  • 4.5K
    SHARES
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ एक दिन लम्बिएको छ । स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्टहरु आउन बाँकी समय लागेपछि प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बिएको हो । उनी भोलि सोमबार अपरान्ह थाइ एयरलाइन्सबाट काठमाडौं फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सिंगापुरमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टहरु भने सन्तोषजनक रहेको बताइएको छ । सिंगापुरमा रहेका प्रमुख सल्लाहकार बिष्णु रिमालका अनुसार प्रधानमन्त्री अस्पतालमा भर्ना भएर बसेनन् । अपार्टमेन्टमा बसेका प्रधानमन्त्री चिकित्सकको परामर्शका लागि नियमित अस्पताल गएका छन् । १३ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली यसअघि पनि सिंगापुरमा नियमित स्वास्थ्य जाँचका लागि जाने गरेका थिए ।
    २०७६ श्रावण २६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - २०:४५:१३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology