शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी स्थित दरिँगाल खोलामा डुबेर ज्यान गुमाएकाको परिवारलाई पाँच/पाँच लाख क्षतिपूर्ति दिइने

गजुरी स्थित दरिँगाल खोलामा डुबेर ज्यान गुमाएकाको परिवारलाई पाँच/पाँच लाख क्षतिपूर्ति दिइने

  • 4.4K
    SHARES
  • गजुरी । गजुरी स्थित दरिँगाल खोलामा डुबेर ज्यान गुमाएकाको परिवारलाई पाँच/पाँच लाख क्षतिपूर्ति दिइने भएको छ । एक्स्काभेटरले खाडल खनेर बनाएको खोलाको ठूलो रहमा डुबेर ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिने भएपछि आफन्तले शव पनि बुझेका छन् । गजुरी –६ नवासी १८ वर्षीय भिमबहादुर स्याङ्तान, २३ वर्षीय सुमन स्याङ्तान गहिरो खाडलमा परेर मृत्यु भएपछि आक्रोशित भिडले तीन एक्स्काभेटरमा आगजनी गर्दै उचित क्षतिपूर्तिको माग गरेका थिए । छलफलमा व्यवसायीको तर्फबाट दुवै परिवारलाई पाँच पाँच लाख क्षतिपूर्ति दिने सहमति गरेपछि मृतकका आफन्तले पोष्टमार्टमपछि शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।
    २०७६ साउन २७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - १७:३५:१३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology