धादिङ । ज्वालामुखी ३ अमराईमा भएको दुर्घटनाका घाईते ३ जनालाई काठमाण्डौँ पठाईएको छ । ज्वालामुखी २ बतासेका २८ वर्षकी लक्ष्मी श्रेष्ठ, ज्वालामुखी १ का ४० वर्षका बिर बहादुर मगराती र ज्वालामुखी १ कै ५७ वर्षका लोक बहादुर सामरी लाई थप उपचारका लागि काठमाण्डौँको ट्रमा सेन्टर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
काठमाण्डौँ पठाईएको तिनै जनाको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।
धादिङवेशीबाट मैदी तर्फ जाँदै गरेको बा १३ च ५२३० नम्बरको बलेरो गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भई सोमबार अपरान्ह ४ः२० बजे दुर्घटना हँुदा उक्त बलेरोका चालक सहित १४ जना घाईते भएका थिए ।
अन्य घाईतेहरुमा ज्वालामुखी गा.पा.३ समीभञ्ज्याङ कि प्रतिभा बिश्वकर्मा, सोहि वडाकी ४२ वर्षकी बाल कुमारी बि.क., बर्ष २१ को मिलन परियार, वर्ष २६ को रिजन श्रेष्ठ, बर्ष २ कि मञ्जु श्रेष्ठ, बर्ष ३० को बिष्णु नेपाली, बर्ष २४ की कोपिला श्रेष्ठ, बर्ष १८ की सन्ध्या परियार, यस्तै ज्वालामुखी गा.पा.१ बस्ने बर्ष ३५ की बल माया रानामगर, ज्वालामुखी गा.पा.२ बस्ने बर्ष ४५ को पौष प्रसाद तिवारी र सोहि वडाका वर्ष ३५ को चालक गोपाल नेपाली रहेका छन् । उनिहरुको भने जिल्ला अस्पताल धादिङबेशीमा उपचार भै रहेको प्रहरीले जनाएको छ । उनिहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी रुपक खड्काले बताए ।
२०७६ साउन २८ गते प्रकाशित