आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चर्चित पोर्न स्टार भन्छिन्, "पोर्न बनाउने कम्पनीले अबोध युवतीहरुलाई आफ्नो शिकार बनाउँछन्"

चर्चित पोर्न स्टार भन्छिन्, "पोर्न बनाउने कम्पनीले अबोध युवतीहरुलाई आफ्नो शिकार बनाउँछन्"

  • 6.8K
    SHARES
  • काठमाडौं । चर्चित पोर्न स्टार मिया खलिफाले पहिलो पटक आफ्नो करियरबारे खुलेर कुराकानी गरेकी छन् । अमेरिकी लेखक मेगन अबोटलाई दिएको अन्तवार्तामा मिया खलिफाले पोर्न बनाउने कम्पनीले अबोध युवतीहरुलाई आफ्नो शिकार बनाउने गरेको बताएकी छन् । २६ वर्षीया मिया खलिफाले पोर्न उद्योगमा मात्रै ३ महिना काम गरिन् । २०१४ को अक्टोबरदेखि काम गरेकी उनले २०१५ को सुरुवातमै यो क्षेत्रबाट हात झिकिन् । जुन समयमा उनी पोर्नको घृणित दुनियाबाट बाहिर निस्किइन्, त्यतिबेला उनी इन्टरनेटमा हिट भइसकेकी थिइन् । उनले अन्तवार्तामा अहिलेसम्म पनि आफ्नो विगतबारे बोल्न नपाएको बताएकी छन् । उनले ट्विट गरेर लेखेकी छन्, ‘मानिसहरुलाई पोर्न क्षेत्रमा करोडौं कमाउँछु जस्तो लाग्छ । तर मैले यो कामबाट मात्रै १२ हजार डलर कमाएँ । यसपछि मैले यो कामबाट एक पैसा पनि कमाइन । पोर्न क्षेत्र छाडेपछि आम नोकरी खोज्न मलाई समस्या भयो । पोर्न मेरा लागि निकै डरलाग्दो थियो ।’ मिया खलिफा सबैभन्दा बढी हेरिने पोर्न स्टार हुन् । तर यस्तो कामबाट उनी जति चर्चित भइन्, सो अनुसारको दाम उनले पाइनन् । अहिले पनि उनको नामबाट एउटा वेबसाइट चल्छ । तर यसमा उनी मालिक हैनन् र पैसा पनि पाउँदिनन् । उनी भन्छिन्, ‘यो वर्ष म त्यो वेबसाइटबाट नाम हटोस् भन्ने चाहन्छु ।’ मिया लेबनानी मूलकी हुन् । छोटो पोर्न करियर उनको विवादित पनि बन्यो । हिजाब लगाएर शुट गरिएको भिडियोको मुस्लिम सम्प्रदायमा विवादको विषय बन्यो । त्यसैका कारण आईएसले उनको ज्यान लिने धम्की दियो । उनका इन्स्टाग्राममा मात्रै उनका १७ लाख फलोअर छन् । उनले सन् २०१४ मा पोर्न भिडियो बनाएकी थिइन् र यसलाई गोप्य राख्न चाहन्थिन् । तर छोटो समयमा नै भिडियोहरु बाहिर आए । उनको भिडियो बनाउने बेबसाईट ससारकै नम्बर एक बन्यो । -एजेन्सीको सहयोगमा
    २०७६ साउन ३२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - १६:२४:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology