शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रवि लामिछाने सहित ३ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछाने सहित ३ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

  • 5.6K
    SHARES
  • काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि पत्रकार रवि लामिछानेसहित युवराज कडेँल र अस्मीता कार्कीलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, चितवनले अनुमति दिएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ । लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लामिछानेको यथाशिघ्र रिहाइका लागि माग गरेका थिए । भिडका बीच प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो । बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो भने कलंकीबाट अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो । २०७६ साउन ३१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - ००:०७:३६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology