शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रवि लामिछाने सहित तिनै जना बिरुद्ध शालिकराम पत्नीको जाहेरी

रवि लामिछाने सहित तिनै जना बिरुद्ध शालिकराम पत्नीको जाहेरी

  • 6.4K
    SHARES
  • काठमाण्डौँ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै उनकी श्रीमती सम्झना घिमिरे पुडासैनीले पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीबिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन्। पुडासैनी हत्याको तेह्रौँ दिन आइतबार पुडासैनीकी श्रीमती सम्झनाले काठमाडौँ प्रहरी परिसरमा उनीहरुबिरुद्ध किटानी जाहेरी दिएकी हुन्। काठमाडौँ प्रहरीले यसको पुष्टि गरेको छ। पुडासैनीले गत साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेको भनिएको थियो। उनले ‘आत्महत्या’अघि खिचेको भिडियोमा आफ्नो मृत्युको कारण न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने, अर्का टिम मेम्बर युवराज कँडेल र आफ्नी पूर्वप्रेमिका अस्मिता कार्की रहेको उल्लेख गरेका थिए। सोही आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। २०७६ भदौ १ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - ००:०८:०१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology