शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काभ्रेको खोपासीबाट पूर्वराजदूत झा हत्या प्रकरणमा सुरक्षागार्ड तामाङ पुनः पक्राउ

काभ्रेको खोपासीबाट पूर्वराजदूत झा हत्या प्रकरणमा सुरक्षागार्ड तामाङ पुनः पक्राउ

  • 4.5K
    SHARES
  • काठमाडौं । पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा, काभ्रेको खोपासीबाट प्रहरीले पुनः सुरक्षागार्ड कान्छाराज तामाङ पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए । तामाङविरुद्ध झा पत्नीले काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी समेत दिएकी छन् । गत वर्ष ४ भदौमा ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरिएको थियो । तर, उनीहरुविरुद्ध प्रमाण फेला नपरेपछि सबै छुटेका थिए । यद्यपि, सुरक्षागार्डको पोलिग्राफ परीक्षणमा उनले झुठो बोलेको देखिएको थियो । २०७६ भदौ १ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - ०३:२८:५९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology