शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नयाँ बसपार्कको एक होटलमा एउटै कोठामा महिला र पुरुष मृत भेटिए

नयाँ बसपार्कको एक होटलमा एउटै कोठामा महिला र पुरुष मृत भेटिए

  • 5.9K
    SHARES
  • काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा मोरङ पर्वत गेस्ट हाउसको कोठा नं। १११ मा एक जोडी ,चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको बताए । ‘कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खातको तलपट्टी र युवकको खाटमाथि भेटिएको थियो’, उनले भने, ‘कसरी मृत्यु भयो भन्ने बारे छानविन भइरहेको छ ।’ प्रहरीका अनुसार, उनीहरु राति ११ बजे होटलमा बसेका थिए । विहान खान खान बोलाउँदा पनि ढोका खोलेका थिएनन् । दिउँसो १ बजेसम्म पनि नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए । कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन् । घटनास्थल वरिपरि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएका दुवैको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको अनुसन्धान अधिकृत बताउँछन् । अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोली खटाइएको छ । परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुवैको पोष्टमार्टम गरिनेछ । पुरुष र महिला दुवै विवाहित हुन् । महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् । २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - ०३:२८:१० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology