आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सपनाहरू छरपस्ट यी आँखामा छन् !

सपनाहरू छरपस्ट यी आँखामा छन् !

  • 5.3K
    SHARES
  • गजल मेरा रहरहरू अचेल बाध्यतामा छन्। सपनाहरू छरपस्ट यी आँखामा छन्। बाआमालाई शिरमा राखेँ देउता मानेर, दुश्मनहरू छन् केबल पैतालामा छन्। दुनियाँले नजर लाउने भमराले डस्ने, तैपनि त ती फूलहरू बगैंचामा छन्। नपाए नि जनताले हक, अधिकार सबै, ढुक्क हुनु संविधानको घोषणामा छन्। न त आउँछौ सपनीमा न त भेट नै हुने, लाग्छ तिम्रा यादहरू पनि बिदामा छन्। अदिती अर्याल ज्ञवाली

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - १६:११:१७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology