शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विहे गर्छु भन्दै दुई दिन पछि भगेका बुढा पक्राउ

विहे गर्छु भन्दै दुई दिन पछि भगेका बुढा पक्राउ

  • 5.6K
    SHARES
  • रुकुमपश्चिम । रोल्पाकी १९ वर्षीया एक किशोरीलाई विवाह गर्छु भनि मुसिकोटको बागबजारमा रहेको आफ्नै कोठामा ल्याएर बलात्कार गरेको लिखित जाहेरीका आधारमा तेज बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनि जिल्लाको चौरजहारी नगरपालिका–५ खहरेका २५ वर्षीय युवा हुन् । विवाह गर्छु भनि एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीकार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार बुढाले किशोरीलाई फेसबुकबाट परिचय गरी यही भदौ ५ गते विवाह गर्छु भन्दै कोठामा ल्याएको र सोही राति १०स्३० बजे बलात्कार गरेको तथा ललाइफकाई दुई दिनसम्म कोठामा राखेको जाहेरीमा उल्लेख छ । त्यसपछि यही भदौ ७ गते आफूलाई कोठामा बाहिरबाट ढोका बन्द गरी थुनेर बुढा भागेका र किशोरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरी प्रमुख खड्काले बताए । जाहेरीका आधारमा खोजतलास गर्दा आज बिहान १० बजे मुसिकोटको शेरीगाउँबाट आरोपी बुढालाई पक्राउ गरिएको उनले जानकारी दिए । उनीमाथि जिल्ला अदालतमा जबरजस्तीकरणी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । २०७६ भदौ ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०७६ मंगलवार - ०४:५३:५० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology