आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा ६ महिने मनोविमर्शकर्ता सम्बन्धी तालिम हुने बारे सुचना

धादिङमा ६ महिने मनोविमर्शकर्ता सम्बन्धी तालिम हुने बारे सुचना

  • 5.1K
    SHARES
  • प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदबाट स्वीकृत प्राप्त ६ महिने अर्थात ७ सय ८० घण्टाको मनोसामाजिक मनोविमर्श तालिम धादिङ्गबेशीमा सन्चालन हुन लागेकाले मानसिक र मनोसाामजिक क्षेत्रमा रुची राख्ने व्यक्तिहरुकालागि दरखास्त आह्वान गरिएको छ । उत्थान नेपालले त्रिभुवन बिश्व बिद्यालयवाट मान्यता प्राप्त Counseling Psychology and Social Studies College (CPSSC) काठमाण्डौंसंग समन्वय गरी तालिम संचालन गर्न लागेको हो । तालिम श्चात सहभागीहरु मानसिक र मनोसामाजिक क्षेत्रको एक अदक्ष जनशक्ति अर्थात paraprofessional मनोविमर्शकर्ता बन्नेछन् ।व्यक्तिमा रहेको भावनात्मक समस्या, व्यवहार गत समस्या, मनोसामाजिक समस्याहरु र कम कडा खालका मानसिक समस्याको व्यवस्थापन गर्न सक्नेछन्।यौन दुव्र्याहार, लागु पदार्थ दुव्र्यसनी,घरेलु हिंसा लगायतका सामाजिक समस्याले निम्त्याएको मनोसामाजिक एवंम मनोबैज्ञानिक समस्यालाई व्यवस्थापन गर्न सहयोग गर्ने छन् । आवश्यक योग्यता : – कक्षा १२ पास गरेको वा सो सरह उत्र्तीण गरेको हुनु पर्नेछ । – नेपाली नागरिक हुनु पर्नेछ । बिशेष ग्राह्रयता: – मानसिक तथा मनोसामाजिक क्षेत्रमा काम गरेको । – महिला एवम सरकारको पहुँचवाट टाढा रहेको समुदायका व्यक्तिहरु । – अंग्रेजी भाषामा राम्रो ज्ञान भएको । तालिम अबधि : ७ सय ८० घण्टा कक्षा संचालन: असोज १ गतेवाट ।(हरेक दिन विहान ६ वजे देखि ९.३० वजे सम्म) तालिमका बिशेषताहरु: – सरकारी तथा गैरसरकारी संस्थाहरुमा मनोविमर्शकर्ताको रुपमा काम गर्न सक्ने । – सीप माआधारित तालिम भएकाले सहभागीहरुले स्वास्थ्य संस्था,अस्पताल,गैरसकारी कार्यालय,बिद्यालयहरुमा गएर सीपलाई प्रयोगमा ल्याउने हुदाँ समुदायमा रहेका संस्थाहरुसंग सहकार्य र समन्वय हुने छ । – सीपलाई प्रयोगमा ल्याउने क्रममा प्रशिक्षकहरुवाट प्रत्यक्ष अनुगमन तथा सुपेरिबेक्षण हुनेछ । placement को लागि उत्थान नेपालले समन्वय गर्नेछ। – बिशेष बिषयहरुमा अनुभवी मनोविमर्शकर्ता,मनोविद्ध,चिकित्सामनोबिद्ध र मनोचिकित्सकको सहजीकरण हुनेछ । – प्रशिक्षकहरु पेशगत दक्षता प्राप्त गरेको व्यक्ति, मानसिक एवम मनोसामाजिक क्षेत्रमा अनुभवी व्यक्ति हुनु हुनेछ । – तालिमको नियमित अनुगमनर सुपरिबेक्षण CPSSC ले गर्ने छ । यस क्षेत्रमा रुची राख्ने व्यक्तिहरुले मिति २०७६ भाद्र २८ गते सम्म आफ्नो वायोडाटा र दुई प्रतिफोटो सहित निम्न लिखित ठेगानामा सम्पर्क राख्नुहुन विनम्र अनुरोध गरिन्छ । उत्थान नेपालको कार्यालय, एमाले चोक, धादिङ्गबेशी, धादिङ्ग इमेल: [email protected]फोन नम्बर: ९८६०४९२३७८, ९८४८२४५६८६,९८४१७१२४६६  

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १७, २०७६ मंगलवार - १४:२७:२४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology