शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अब अरुको नामको सिमकार्ड प्रयोग गर्न नपाइने

अब अरुको नामको सिमकार्ड प्रयोग गर्न नपाइने

  • 4.7K
    SHARES
  • काठमाडौ । अब अरुका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ। जसले प्रयोग गरिरहेको हो, उसैको नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी गर्ने नेपाल दूरसंचार प्राधिकरणको तयारी छ। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी भएका सबै सिम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए। ‘केही दिनमै हामी मोवाइल सेवा प्रदायकमार्फत् सबै प्रयोगकर्तालाई अरुका नाममा भएको सिमकार्ड प्रयोग गरिरहेको भए आफ्ना नाममा ल्याउन म्यासेजमार्फत खबर गर्छौं,’ उनले भने। तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने निर्णय भने भइनसकेको उनले बताए। प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमबाट असारसम्ममा २ करोड २ लाख सिमकार्ड जारी भएका छन् भने एनसेलले एक करोड ६६ लाख सिमकार्ड जारी गरेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन्। २०७६ भाद्र १९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७६ बिहिवार - १४:२४:२१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology