शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तालाबन्दीले आईओएमको परीक्षा प्रभावित

तालाबन्दीले आईओएमको परीक्षा प्रभावित

  • 4.7K
    SHARES
  • काठमाडौं । चिकित्सा शिक्षा ऐनमै व्यवस्था भएको विषयलाई सरकारले बेवास्ता गरेको भन्दै चिकित्सा शिक्षा सङ्घर्ष समितिले त्रिभुवन विश्वविद्यालय (त्रिवि) चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० डीन कार्यालय र परीक्षा शाखामा तालाबन्दी गरेका छन् । समितिले तालाबन्दी गरेसँंगै त्रिविअन्तर्गत भदौ २१, २२ र २३ गते सञ्चालन हुने एमबीबीएस, नर्सिङ र पारामेडिक्सको प्रवेश परीक्षासमेत प्रभावित हुने देखिएको छ । भदौ २१ गतेको परीक्षाका लागि मङ्गलबार प्रवेशपत्र दिइसक्नुपर्थ्यो। आईओएमले सञ्चालन गर्ने एमबीबीएस, नर्सिङ र पारामेडिक्सको प्रवेश परीक्षा हुने वा नहुने भन्नेमा समेत विद्यार्थीहरू अन्योल छन् । चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक तथा आईओएमका सभापति डा। मिलन गैरेले चिकित्सा शिक्षाका विद्यार्थीहरूका लागि आन्दोलन जीवनमरणको सवाल भएकाले कुनै पनि हालतमा ताला नखोल्ने जानकारी दिए ।‘‘हामीले नाजायज माग गरेकै छैनौँ’’, संयोजक डा। गैरेले भने, “सरकारले पास गरेको नीतिलाई कार्यान्वयनमा ल्याइयोस् भन्ने माग गलत छैन ।” चिकित्सा शिक्षाका विद्यार्थीहरूले चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएको सरकारी मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति प्रदान गर्नुपर्ने र साझा प्रवेश परीक्षा लागू गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन् । गोरखापत्रमा खबर छ । २०७६ भाद्र १९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७६ बिहिवार - १४:५९:२८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology