आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

डेङ्गु परीक्षण गराउनेको भीड

डेङ्गु परीक्षण गराउनेको भीड

  • 3.3K
    SHARES
  • काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहीबार डेङ्गु परीक्षण गर्ने बिरामीको लाइन निक्कै लामो थियो। अस्पतालबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कार्यालयसम्मै लाइनले नपुगेर अस्पताल परिसरमा बिरामीको बाक्लै भीड पनि थियोे । टिकट काट्ने लाम त्यत्तिकै लामो थियो भने ज्वरो आएका बिरामी सकिनसकी भीडमा चिकित्सकको पालो कुरिरहेका थिए । ज्वरो युनिटको बहिरङ्ग ९ओपीडी०मा मात्र सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनः लगायत अन्य चार जना चिकित्सक बिरामी जाँच्न व्यस्त थिए। ललितपुरको पुल्चोकबाट डेङ्गु भएको आशङ्कामा उपचार गराउन आएका विनोद मानन्धरले आफूलाई ज्वरो आएर ठीक नभएको, शरीर गल्ने, पिँडुला दुख्नेजस्ता समस्या भएपछि अस्पताल आएको बताए। काठमाडौँ ताहाचलकी आशिष्मा शर्माले पनि ज्वरो आएपछि डरले जँचाउन अस्पताल आएको बताइन्। त्यस्तै राजधानीकै बानेश्वरबाट आएका सञ्जय घिमिरे पनि डेङ्गुसँंग मिल्दो लक्षण भएपछि थप परीक्षणका लागि अस्पताल आएका हुन्। मानन्धर, शर्मा र घिमिरेजस्ता सयौँ व्यक्ति डेङ्गु उपचारका लागि अस्पताल आएर चिकित्सकको प्रतीक्षामा थिए । गोरखापत्रमा खबर छ । २०७६ भदौ २० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०७६ शुक्रवार - १५:३३:२७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology