गल्छि । सांग्रीला डेभलपमेन्ट बैँकले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बागेश्वरी माध्यमिक बिद्यालय गल्छी ६ धादिङमा प्रतियोगिताको आयोजना गरेको हो । बैँकले प्रतियोतिमा प्रथम, दितीय, तृतिय र सान्त्वना हुने लाई पुरस्कार प्रदान गरेको छ ।
गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा विभीन्न सँघ सँस्थाका प्रमुख तथा प्रतिनिधीको आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले हाल देशैभर सांग्रीला डेभलपमेन्ट बैँक को चर्चा राम्रो भएको यसका शाखा धेरै, सेवा सुविधा राम्रो, बचतमा उच्चतम ब्याज, रेमिटान्स सेवा, विभीन्न शिर्षकमा कर्जा सुविधा सरल सहज र न्युन ब्याजदर रहेकोले आफुले समेत गल्छी शाखामा खाता खोली कारोबार गरेको बताउनुभयो ।
यसैगरी शाखा प्रमुख गौरब काफ्लेले सांग्रीला डेभलपमेन्ट बैँक नाफा मात्रै नभएर समुदायको हरेक आवश्यकतामा सांग्रीला बैक को उपस्थिती अरु बैकको तुलनामा अगाडी रहेको समेत दाबी गर्नुभएको छ ।
बिभिन्न शाखा कार्यालयहरु मार्फत बिभिन्न सामाजिक कार्यहरु गर्ने र यसको माध्यमबाट समाजमा विभीन्न खालको सहयोग र साथ दिदै आफ्नो बैकको पहिचान तथा व्यवसाय प्रर्वद्धनमा समेत टेवा पुर्याउने उद्घेश्यका साथ बिभिन्न कार्यहरु गरिराखेका बैँकले जनाएको छ ।
२०७६ भाद्र २३ गते प्रकाशित