
सिद्धलेक बुङचुङ । उपहार महिला कृषि सहकारी संस्था लि सिद्धलेक तेस्रो साधारणसभा शनिबार सिद्धलेक गाउँपापालिका प्राङ्गणमा सम्पन्न भएको छ । सहकारी अध्यक्ष गीता सिलवाल को अध्यक्षता तथा हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा।तिर्थ रेग्मीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा सिद्धलेक गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमला शर्मा, वडाध्यक्षहरु,प्रयास नेपालका सचिव वीर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल ,संचारकर्मी र सहकारी १ हजार ५० जना सदस्य सहित १ हजार १ सय ५५ जनाको उपस्थित रहेको थियो ।
१ हजार १ सय ७४ जना शेयर सदस्य रहेको सहकारीले सिद्धलेक गाउँ पालिका वडा नं१ देखि ७ सम्म ५९ वटा समुहमा आबद सदस्यहरुलाई सेवा दिदै आएको छ । साधारणसभाले सहकारीको आव २०७५/७६ को प्रगति तथा आर्थिक,लेखासुपपरीक्षण ,ऋण समितिको प्रतिवेदन पारित गरेको छ । यसका साथै यश आव २०७६र७७को निति कार्यक्रम तथा प्रस्तावित लक्ष्य र बजेट पारित गरेको प्रयास नेपालका कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो । सहकारी नयाँ सुनिता सिलवालको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखासुपरिबेक्षण समितिको चयन गरेको छ ।

संचालक समितिको समावेशी उपाध्यक्षमा अस्मिता थापामगर ,उपाध्यक्षमा रञ्जना पुरी,सचिवमा गोमा श्रेष्ठ ,सहसचिवमा दिपिका बस्याल कोषाध्यक्ष प्रमिला श्रेष्ठ चयन गरेको छ । यसैगरी साधारणसभाले संचालक सदस्यहरुमा गंगामाया राना,शोभा श्रेष्ठ ,लिलाकुमारी सिलवाल,भावना घले,जबिता थापामगर,शर्मिला श्रेष्ठ र पालली घलेलाई चयन गरेको छ । लेखासुपरिवेक्षण समितिको संयोजकमा सुमित्रा थापा र सदस्यहरुमा कबिता खनाल र सुसिला पण्डितलाई चयन गरेको छ । साधारणसभा मा वडाध्यक्षहरु चन्द्र सिलवाल ,कमल गुरुङ,देव बहादुर पुलामी,रामहरि बराकोटी,प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेल ,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशनक दामोदर अर्याल लगायतले सहकारी संस्थाको सफलताको शुभकामना दीनु भएको पनि कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो । सहकारीले बाख्रापालनमा आधारित उद्यमशीलता,बजारीकरण गर्न सहयोग गर्ने,शेयर सदस्यलाई सामाजिक पुँजि बृद्धि तथा आर्थिक सम्बृद्धिका कार्यक्रम संचालन गर्ने योजना गरेको अध्यक्ष सुनिता सिलवालले बताउनु भयो ।
सिद्धलेक गाउँपालिका,हेफर ईन्टरनेशनल र प्रयास नेपालले संचालन गरेको सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तगत गठित मुल तथा उपहार समुहमा आबद्ध सदस्यहरुबाट गठित उपहार महिला कृषि सहकारी संस्थाले सिद्धलेकको आर्थिक विकासमा समेत योगदान गर्न सिद्धलेक गाउँवालिकाका कार्यवाहक अध्यक्ष कमला शर्माको भनाइ रहेको छ । यसै गरि प्रमुख अतिथि डा।तिर्थ रेग्मीले सामुदायिक सशक्तीकरण मार्फत महिलाहरुले घर-परिवारको आर्थिक सम्बृद्धिमा योगदान गर्न सक्ने सहकारी नै भएकाले सहकारीको प्रबर्द्धन गर्नु पर्ने र सहकारीको माध्यमबाट सबै सदस्यहरुले व्यवसायिक कार्य मा लगानी बढाउनु पर्ने बताउनुभयो ।
२०७६ भाद्र २३ गते प्रकाशित