आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

डेंगु संक्रमण : नआत्तिन चिकित्सकको आग्रह

डेंगु संक्रमण : नआत्तिन चिकित्सकको आग्रह

  • 8.7K
    SHARES
  • काठमाडौं । डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिन नपर्ने बताए । डा। पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए । उनले भने, ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ । ८÷१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्रमित हुने मात्रै हो । तर, आत्तिनुपर्दैन ।’ डा।पुनका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुने बताए । डेंगुको प्रकोप फैलिँदै गए पनि सरकारले भने रोकथामको लागि प्रभावकारी उपाय अवलम्बन गर्न सकेको छैन । सरकारले नियन्त्रणका लागि बजेट छुट्याए पनि सो रकम प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । रोकथामका लागि सरकारले १० करोड मात्रै विनियोजन गरेको छ जुन निकै न्यून हो । स्थानीय तहका लागि १ करोड ६७ लाख, प्रदेशका लागि ६ करोड १७ लाख र केन्द्रका लागि १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ । सो रकम ‘खोज र नष्ट गर’, जनचेतना अभियानका लागि खर्च भइरहेको महाशाखाले जनाएको छ । राजधानी दैनिकमा खबर छ । २०७६ भदौ २४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २४, २०७६ मंगलवार - १५:५०:५९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology