आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अब चेक काट्दा हस्ताक्षर नमिले, चेक बाउन्स भएमा राष्ट्र बैंकको कडाइ, तीन महिनासम्म कैद

अब चेक काट्दा हस्ताक्षर नमिले, चेक बाउन्स भएमा राष्ट्र बैंकको कडाइ, तीन महिनासम्म कैद

  • 8.0K
    SHARES
  • काठमाण्डौँ । चेकमा हस्ताक्षर मिलेन भने बैंकिङ्ग कसूर अनुसार कार्बाही हुने भएको छ । नेपाल राष्ट्र बैंकले चेकमा हस्ताक्षर नमिलेमा एकसाताको समय दिने र त्यसपछि बैंकिङ्ग कसूर अनुसार कालो सूचिमा राख्ने व्यवस्था गरेको हो । राष्ट्र बैंक बाउन्स चेकको विषयमा कडा रुपले प्रस्तुत भएको छ । सोमबार एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था गरेको छ । यसअघि पटक–पटकसम्म पनि काटिएको चेक रकम भुक्तानी नभए कालोसूचीमा राख्न सकिने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले एक हप्ताको सीमा तोकेको हो । राष्ट्र बैंकले एकीकृत निर्देशिका मार्फत पैसा नभएको खाताको चेक काटे र चेकमा हस्ताक्षर नमिले बैकिङ्ग कसूर अनुसार कार्बाही गर्ने नीति अख्तियार गरेको हो । बैंकिङ प्रणालीप्रति विश्वास कायम गर्न यस्तो नीति लियएको बताइएको छ । सो कार्वाहीबाट बच्नका लागि अब चेक र चेकबुक पनि अति जतन गर्नुपर्ने छ । खातामा रकम नहुँदा चेक काट्नु हुँदैन । चेक काटी हालेको अबस्थामा व्यालेन्स राम्ररी हेर्न जरुरी छ । त्यससँगै हस्ताक्षर मिल्यो वा मिलेन भन्ने विषय पनि अब राम्ररी हेर्नुपर्ने हुन्छ । यदी तपाईको हस्ताक्षर मिलेको छैन भने पनि तुरुन्त बैंकमा गएर आफ्नो हस्ताक्षरको बारेमा जानकार हुनुपर्ने भएको छ । बैंकिङ कसुरअनुसार मुद्दा चलाउँदा पीडितको हक नै कुण्ठित हुने फैसलामा भनिएको छ । बैंकिङ कसुरमा चेक बाउन्स भए चेकमा भएको रकम तिर्नुका साथै चेक काट्ने व्यक्तिलार्ई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । अदालतले भने बैकिङ कसुरसम्बन्धी चेक अनादरका मुद्दा सरकारवादी फौजदारी कसुर नहुने व्याख्या गरेसँगै विनिमय अधिकारपत्र ऐनअनुसार यस्ता मुद्दा जिल्ला अदालतमा फिराद लाग्ने भएको छ । यस्तोमा अब तत्कालै प्रहरीले गिरफ्तार गर्न पाउँदैन । सर्वोच्चको नयाँ नजिरले चेक बाउन्सको डर कम हुने देखिए पछि राष्ट्र बैंकले यसलाई कडा गर्न खोजिएको हो । २०७६ भदौ २४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २४, २०७६ मंगलवार - २२:२९:३० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology