सन्तोष सुवेदी
महादेबेशी । चन्द्र ज्योति एकिकृत ग्रामीण बिकास समाज सिड्स नेपाल धादिङले धादिङको थाक्रे गाउँपालिकाको ५ वटा वडामा रहेको बिद्यालयका जोखिम युक्त बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । । जोखिममा रहेका बालबालिकालाई सुरक्षा परियोजना अन्तर्गत थाक्रे गाउँपालिकाको वडा नम्बर २, ४, ५, ६ र ११ नम्बरमा रहेका विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री छात्रवृती स्वरुप बितरण गरिएको परियोजना कार्यक्रम सँयोजक दिल बहादुर रम्तेलले बताउनुभयो ।
उहाँका अनुसार बालश्रम, बाल दुब्र्यबहार, शैक्षिक सामाग्रीको अभाव, घरायसी वातावरणले वा अन्य कारणले बिद्यालय छोड्ने स्थितीमा पुगेका बिद्यार्थीहरु, टुहुरा एवम् अन्य कारणले बिद्यालय छाड्नु पर्ने स्थितीमा रहेका जोखिम युक्त बालबालिकाहरुलाई लक्षित गरि शैक्षिक सामाग्री वितरण गरिएको हो ।
मँगलबार थाक्रे गाउँपालिका वडा नम्बर २, ६ र ११ मा रहेका बिद्यालयका जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री स्वरुप छात्रबृती बितरण गरिएको छ । जसमा जनजागृति आधारभुत बिद्यालय, बाघबच्छला आधारभुत बिद्यालय, हिमालचुलि आधारभुत बिद्यालय, भुमेश्वरी आधारभुत बिद्यालय, भगवती निमाबि, जनजागृति माध्यमिक बिद्यालय, महाकालि माध्यमिक बिद्यालय, लिलाकाली माध्यमिक बिद्यालय र सेतिदेबि माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई छात्रबृत्ति स्वरुप शैक्षिक सामाग्री बितरण गरिएको हो ।

थाक्रे गाउँपालिका वडा नम्बर ४ र ५ मा रहेका महाकाली माध्यमिक बिद्यालय तसर्पु, लिति महाँकाल माध्यमिक बिद्यालय, आदर्श माध्यमिक बिद्यालय, शिब शँकर प्राथमिक बिद्यालय, शारदा आधारभुत बिद्यालय, काम्राङ आधारभुत बिद्यालय, सुन्दरी आधारभूत बिद्यालय, चण्डीभूमी आधारभुत बिद्यालय लगायत ८ वटा बिद्यालयका बिद्यार्थीहरुलाई सोमबार नै शैक्षिक सामाग्री बितरण गरिएको थियो ।
सोमबार र मँगलवार बितरण गरिएको शैक्षिक सामाग्री पाउनेमा जम्मा १ सय ९ जना रहेका छन् । झोला, कापी, कलम, पेन्सिल, ईरेजर, बिद्यालय पोषाक, जुत्ता, गरि एक जना बराबर ३ हजारको सामाग्री बितरण गरिएको परियोजना सँयोजक डिलबहादुर रम्तेलको भनाई छ । १ देखि ५ सम्मका बिद्यार्थीहरुलाई १० वटा कपि र ६ देखि १० सम्मका बिद्यार्थीहरुलाई १६ वटा कपी बितरण गरिएको थियो ।
बिद्यार्थीहरुको लागी करिव ३ लाख ४५ हजार रुपैँया बराबरको सामान खरिद गरिएको परियोजनका कार्यक्रम सँयोजक रम्तेलको भनाई छ । बिद्यार्थीहरुको निरन्तरको पढाई र घर परिवारमा सँरक्षकको कमीमा हुर्किरहेका अथवा जोखिममा परेका बालबालिकाहरुलाई लक्षित गरेर शैक्षिक सामाग्री बितरण गरिएको सिड्स नेपालले जनाएको छ ।

दुई स्थानमा सञ्चालन भएको मँगलबारको कार्यक्रममा जम्मा ७० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । सिड्स नेपाल धादिङको महादेबबेशिको कार्यालय र थाक्रे गाउँपालिका वडा नम्बर २ को सिम्ले महाकाली माबिको हलमा भएको कार्यक्रममा बिभिन्न ब्यक्तिको उपस्थिती रहेको थियो ।
थाक्रे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रबिप्रकाश ओझाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सिड्स नेपाल धादिङका पुर्व अध्यक्ष तथा जिल्ला समन्वय समिती धादिङका सदस्य उर्मिला रेग्मी, सिड्स नेपाल धादिङका अध्यक्ष मेघबहादुर तामाङ लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
यसैगरी थाक्रे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रबिप्रकाश ओझाले यस्ता सहयोग निरन्तर गर्न आग्रह गर्नुभएको छ भने यस किसिमको काम सिड्स नेपाल धादिङको एक उत्कृष्ट कदम भएको बताउनुभयो । जोखिममा रहेका बालबालिकाहरुको लागी यस शैक्षिक सामाग्री बितरण कार्यक्रममा अझ पढाईमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका सदस्य उर्मिला रेग्मीले सिड्स नेपालको बार्षिक शैक्षिक सामाग्री बितरण कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो । छात्रबृत्ति पाउने बिद्यार्थीहरुलाई अझै लगनशिल भएर पढ्न पनि सुझाव दिनुभएको छ ।
यसैबिच परियोजनाका कारण बिद्यालय बिचमै छाड्ने बिद्यार्थीहरुको सँख्यामा कमी आएको जनाइएको छ । बिशेष गरि पढाई बिचमै छाड्नु पर्ने अबस्थाका बालबालिकाहरुलाई परियोजनाले महत्वपुर्ण भुमीका खेल्ने सिड्स धादिङ नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिले बताउनुभयो ।
सोमबार सञ्चालित छात्रबृत्ति कार्यक्रममा प्रमुख अतिथीका रुपमा थाक्रे गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गणेश वाईवा तामाङ रहनुभएको थियो भने बिशेष अतिथीमा सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेति र थाक्रे गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य रजनी लामा रहनुभएको थियो । सिड्स नेपाल धादिङ र जोखिममा रहेका बालबालिकालाई सुरक्षा परियोजनाको आयोजनामा सञ्चालित कार्यक्रममा युएमएन धादिङ साझेदारीको रुपमा रहेको थियो ।
२०७६ भदौ २४ गते प्रकाशित