शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरीमा सरोकारवालासँग समिक्षा बैठक सम्पन्न

गजुरीमा सरोकारवालासँग समिक्षा बैठक सम्पन्न

  • 4.0K
    SHARES
  • गजुरी । गजुरी गाँउपालिकामा आ.ब २०७५÷७६ सम्पन्न कार्यक्रम तथा यस आ.ब.मा संचालन हुने कार्यक्रमको बारेमा जानकारी गराउने र स्थानीय तह तथा सम्बन्धित सरोकारवालाहरुसंगको समिक्षा बैठक सम्पन्न भएको छ । गजुरी गाँउपालिकामा लामोसयम देखि विकास साझेदारको रुपमा कार्यरत गैरसरकारी संस्था प्रयास नेपाल धादिङले गजुरी गाँउपालिकामा संचालन गरेको विभिन्न कार्यक्रमहरुको प्रगति तथा आगामी दिनमा संचालन हुने कार्यक्रमको जानकारी तथा स्थानिय तहसँग सहकार्य गर्दै थप नतिजामूखि कार्य सम्पादन गर्न गाँउपालिकामा संचालन भएको परियोजनाहरुको बार्षिक प्रगति र यस बर्ष संचालन हुने कार्यक्रमको बारेमा समिक्षा गरिएको थियो । सोमबार गजुरी गाएपालिकामा सम्पन्न समिक्षा बैठकमा १२ जना महिला सहित ३४ जनाको सहभागीता रहेको थियो । बालकेन्द्रित सामुदायिक विकास कार्यक्रम, महिला संरक्षण तथा शसक्तिकरण कार्यक्रम, पूर्णिमा परियोजना र बेटर ब्रिक नेपाल कार्यक्रमले गरेका क्रियाकलाप र नतिजाहरुको बारेमा समिक्षा भएको प्रयास नेपाल धादिङका बेटर ब्रिक नेपाल कार्यक्रमका कार्यक्रम संयोजक प्रमुख सुनिता कडेलले जानकारी दिनु भयो । यसै गरी कार्यक्रममा २०७२ सालको भुकम्प पश्चात यस गाँउपालिकामा संचालन भएको खानेपानी आयोजना, विद्यालय निर्माण, तरकारी संकलन केन्द्र, सिंचाई कुलो र्ममत जस्ता भौतिक निर्माणको गतिविधीहरु सम्पन्न भई सकेकोले त्यसको दिगोपना तथा संरक्षणको लागि गाँउपालिकामा प्रयास नेपाल र गाँउपालिका बिच दुई पक्षिय सम्झौता समेत सम्पन्न भएको छ । समिक्षा गजुरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले सबैले विकास साझेदारले कार्यक्रमको बारेमा जानकारी गराएर काम गरेमा दोहोरो नहुने साथै भुकम्पको बेलामा थिलथिलो भएको गजुरी गाँउपालिकामा युएमएनको साझेदारीतामा प्रयास नेपाल मार्फत गरेको भौतिक निर्माणका कामहरु धेरै नै प्रभावकारी भएको र हस्तान्तरण पछि दिगोपन कायम राख्न मर्मत संभारको जिम्मेवारी गाउँपालिकाले लिने प्रतिबद्धता व्यक्त गर्दै गाउँपालिकाको विकास योजनामा सहयोग गरेकोमा सबै प्रति आभार व्यक्त गर्नु भएको कार्यक्रम संयोजक बद्रीनाथ शर्माले जानकारी दिनु भयो । गजुरी गाँउपालिका तहमा भएको प्रयास नेपालको बालकेन्द्रित सामुदायिक विकास कार्यक्रम, महिला संरक्षण तथा शसक्तिकरण कार्यक्रम, पूर्णिमा परियोजना र बेटर ब्रिक नेपाल परियोजनले संचालन गरेको गतिविधीहरुको बारेमा सबैलाई जानकारी गराएकोले यस स्थानीय तहमा रहनु भएको सबै सरोकारवालाहरुले आगामी दिनमा संस्थाले संचालन गर्ने क्रियाकलापहरुको बारेमा जानकार हुनुभएको छ । यसले गर्दा भोलिको दिनमा समुदाय तहमा काम गर्ने सहज वातावरणको सिर्जना हुने महशुस गरिएको छ ।
    २०७६ भाद्र २६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - २२:४९:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology