सिद्धलेक । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ७ पिपलटार संचालित आधारशीला तालीमका सहभागी महिलाहरुले सिकेको ज्ञान सीप व्यवहार लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । ४ दिने आधारसिला कार्यशाला पछि समूहमा आबद्ध महिलाहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् डाँफे स्बबलम्बी महिला समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले हेफर ईन्टरनेशनल नेपाल र सिद्धलेक गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरेको सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्र्तगत पिपलटारमा गठित डाँफे महिला सदस्यहरुको लागि ४ दिने तालीम संचालन भएको हो ।

तालीममा स्बः नेतृत्व, सकारात्मक सोचका पाईलाहरु,हाम्रो मुल्य मान्यताहरुको बारेमा अन्तरक्रिया भएको थियो । तालीममा १२ वटा आधारशीलाहरु उपहार प्रदान, उत्तरदायित्व, बाँडिचुँडी उपभोग र स्याहार, दिगोपना र आत्मनिर्भरता, पशु तथा स्रोतको उचित व्यवस्थापन, पोषण स्वास्थ्य र आयआर्जन, लैङ्गिक र परिवार केन्द्र बिन्दु, बास्तविक आवश्यकता र न्याय, वातावरण सुधार, पूर्ण सहभागीता, तालीम शिक्षा र संचार,आध्यामिकताका लगायतका बिषयमा प्रयास नेपाल धादिङ्गका कार्यकारी निर्देशक दामोदर अर्याल, कार्यक्रम संयोजक ईश्वरी कोईराला,सामुदायिक सहजकर्ता एकराज पण्डित,अनिशा कट्टेलले सहजिकरण गर्नु भएको थियो । महिला समुहको सदस्यहरुले तालिमबाट हाँसिल भएको सिकाई आफुले व्यवहारमा कार्यान्वयन तथा ज्ञान सीप बिस्तार र अनुगमन कार्य योजना निर्माण गरेका र हरेक ३ महिनामा सहभागीतात्मक स्वःसमिक्षा गरी प्रगति मापन गर्दै जाने योजना गरेको सामुदायिक सहजकर्ता अनिशा कट्टेलले जानकारी दिनु भयो ।

सोमबारबाट शुरु भएको तालीम बिहिवार समापन कार्यक्रममा सिद्धलेक गाउँपालिका बडा नं ७ का वडाअध्यक्ष लक्ष्मण खतिवडा,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले कार्यक्रमको संचालन प्रक्रिया,संस्थाबाट हुने सहयोग तथा सहजिकरण र अनुगमनका बारेमा जानकारी गराउनु भएको थियो ।
प्रयास नेपालले सिदलेक गाउँपालिकाको वडा नं १ देखि ७ सम्म ५९ वटा महिला समूह र समूह मिलेर बनेको उपहार महिला कृषि सहकारी संस्था मार्फत कार्यक्रम संचालन गरेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो । समाजमा महिलाहरुले पनि सामाजिक विकासमा संलंग्न भई कार्य गर्न सक्ने आँट सीप विकास भएको डाँफे स्बबलम्बी महिला समूह अध्यक्षका बिजुला भुजेलले बताउनु भयो । तालीम पछि समुहले सदस्यहरुको सामाजिक तथा आर्थिक सबलिकरण हुने कार्यक्रमहरु संचालन गर्ने योजना रहेको डाँफे स्बबलम्बी महिला समूहकि उपाध्यक्ष मायालामा आचार्यको भनाइ रहेको छ ।
२०७६ भाद्र २६ गते प्रकाशित