गल्छी । गल्छी गाउँपालिकाको वडा नम्बर ७ गल्छीबजार नजिकैको सडक माथीबाट लेदो माटो बग्दा राजमार्गमा सवारी सन्चालनमा अवरोध भएको छ । रातो माटोको लेदो सडकमा खस्नेक्रम नरोकिंदा आज साँझ पनि सवारी आवागमनमा केहि अवरोध भएको हो ।
सोही पहिरो तथा लेदो माटो खस्ने समस्याका कारण केही दिन यता गल्छी क्षेत्रमा दैनिक घण्टौंसम्म सडक अवरुद्ध समेत भईरहेको छ ।
२०७६ भदौ २५ गते प्रकाशित