शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गृहमन्त्रीका रामबहादुर थापाका भाईको गुन्डा नाइकेसँग ‘कनेक्सन’

गृहमन्त्रीका रामबहादुर थापाका भाईको गुन्डा नाइकेसँग ‘कनेक्सन’

  • 5.6K
    SHARES
  • काठमाठौं । गृहमन्त्री रामबहादुर थापाका साइँला भाई नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ । निर्माण व्यवसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहका नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान र प्रहरीले निकालेको कल डिटेलअनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको देखिएको हो । थापा गत मंगलबार पक्राउ परेका हुन् । कारागारको सुरक्षामा खटिएका प्रहरी निरीक्षक विपिन ओझाले तत्कालीन माओवादी कार्यकर्ता तुलसी भन्ने व्यक्तिसँग थापाले समीरमानसँग भेट गरेको पुष्टि गरेका छन् । ओझासँग थापाको पुरानो चिनजानसमेत थियो । आफू जगन्नाथ देवल कारागारमा ड्युटीमा रहेका बखत थापा समीरलाई भेट्न आएको ओझाले पुष्टि गरेका छन् । नागरिक दैनिकमा खबर छ । २०७६ भदौ २७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०७६ शुक्रवार - १५:१५:१३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology