शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीमा फुटबल प्रतियोगिताको आयोजना हुँदै, विभिन्न समितीहरु गठन

धुनिबेशीमा फुटबल प्रतियोगिताको आयोजना हुँदै, विभिन्न समितीहरु गठन

  • 7.1K
    SHARES
  • धार्के । वडा दशैँको अवसरमा धादिङको धुनिबेशी ६ तल्लो बानिँयाटारमा फुटबल प्रतियोगिता हुने भएको छ । आगामी असोज १० देखी १८ गते सम्म प्रतियोगिताको आयोजना गर्न शनिबार एक भेला गरी विभिन्न समितीहरुको गठन गरिएको मुल समितीका अध्यक्ष प्रदिप कोईरालाले बताए । समितीको उपाध्यक्षमा रामकुमार थापा, सचिवमा प्रदिप उप्रेती, सहसचिवमा रोशन लामा, कोषाध्यक्षमा सरोज आचार्य, सदस्यहरुमा आशिष ठकुरी, राजकुमार बानिँया र समितीको वरिष्ठ सल्लाहकारमा सुरेश आचार्यलाई चयन गरिएको छ । यसैगरी प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितीहरु पनि गठन गरिएको छ । जसको प्रचार प्रसार समितीको सँयोजकमा आशिष ठकुरी, स्वयँसेवक परिचालन समितीको सँयोजकमा रामकुमार थापा, आर्थिक समिती सँयोजकमा प्रदिप उप्रेती र मञ्च व्यवस्थापन समितीको सँयोजकमा सरोज आचार्य चयन भएका छन् । आवश्यक अनुसार समितीको गठन गर्दै जाने र टिम दर्ताको लागि पनि आव्हान गरिएको मुल समितीका अध्यक्ष कोईरालाले बताए । उनका अनुसार धुनिबेशी नगरभित्रका खेलाडीहरुले प्रतियोगितामा सहभागी जनाउन पाउनेछन् । २०७६ भदौ २८ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २८, २०७६ शनिवार - २२:४१:५६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology