धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर –६, मुक्तिनाथ मन्दिर नजिक आज साँझ भएको बस दुर्घटनामा १० जना घाइते भएका छन् ।
सदरमुकाम धादिङबेसीबाट काठमाण्डौ आयदै गरेको बा ५ ख ८२७९ नम्बरको बस र मुग्लिनबाट धादिङबेसी जादै गरेको बा ६ ख ९५६३ नम्बरको बस एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख रुपक खड्काले जानकारी दिनुभयो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको खड्का ले बताउनु भयो ।
२०७६ भदौ २८ मा प्रकाशित