महादेववेशी । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) नेपाल धादिङको नयाँ कार्य समिति चयन भएको छ । सँस्थाको १४औ अधिबेशनबाट माधव खतिवडाको अध्यक्षतामा ११ सदस्यिय समिती निर्विरोध निर्वाचित भएको हो । ।
समितीको उपाध्यक्षमा सुयश विक्रम राणा ठकुरी, सचिवमा विष्णु पौडेल, कोेषाध्यक्षमा शुसिला सुवेदी, सह सचिवमा रिता परियार र समितीको सदस्यहरुमा गोविन्द सुबेदी, कर्मविर लामा, भिमसेन लामा, तारानाथ लुईँटेल चयन भएका छन् । समितीमा २ जना महिला मनोनित गरिने सिड्स नेपाल धादिङले जनाएको छ ।
यसैगरी लेखासमितीको सँयोजकमा केशव रुपाखेती र सदस्यहरुमा भगवती रुपाखेती, बद्री विँडारी चयन भएका छन् ।
२०७६ भदौ २८ मा प्रकाशित