शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिड्स नेपाल धादिङको २५ औँ वार्षिक साधारण सभा तथा नवौँ सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

सिड्स नेपाल धादिङको २५ औँ वार्षिक साधारण सभा तथा नवौँ सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

  • 7.0K
    SHARES
  • शिवराज आचार्य महादेवबेशी । सिड्स नेपाल धादिङको २५औँ वार्षिक साधारण सभा तथा नवौँ सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । लेखाजोखा कार्यक्रम मार्फत सँस्थाले गत आर्थिक वर्षमा कुल आम्दानी ७२ लाख रहेकोमा ७४ लाख ३४ हजार खर्च भएको जनाएको छ । सिड्स नेपाल धादिङले युनाईटेड मिसन टु नेपाल (युमएन) सँगको तिन वर्षका लागी विभिन्न परियोजनामा काम गदै आएको कार्यक्रममा बताईएको छ । युमएनको साझेदारीमा सन् २०१८ देखि लैगिंक सशक्तिकरण परियोजना, सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन गदै आएको हो भने सन् २०१९ बाट जोखिममा रहेका बाल सुरक्ष कार्यक्रम, सितलचिनिमा आधारीत कृषि वन परियोजना र संस्थागत विकास सञ्जाल परियोजनामा रहेर काम गदै आएको सँस्थाले जनाएको छ । २०५२ सालमा चन्द्रज्योती युवा क्लबको नाम बाट साविकको गोगनपानी ४ को चकमकेमा स्थापना भएको सिड्स नेपालले स्थापनाकाल देखि नै समाज रुपान्तरणको काममा सहयोग गर्दै आएको सँस्थाका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताउनुभयो । उहाँका अनुसार जिल्लाको सबै स्थानिय तहमा काम गदै आएकोमा सँस्थाले विगत एक वर्ष देखी आफ्नो कार्य क्षेत्र प्रदेश ३ भरिका जिल्लामा पनि बनाएको छ । ९४ जना साधारण सदस्य रहेको सँस्थमा दलित ५ जना, जनजाती २७ जना र अन्य ६२ जना रहेका छन् । संस्थाको विभिन्न परियोजना मार्फत लक्षित समुदायका नागरिकको अधिकार प्रत्याभुति गर्न आर्थिक सामाजिक र राजनितिक जिवनस्तरमा सुधार ल्याउने काममा सहयोग पुगेको सँस्थाका पुर्व अध्यक्ष तथा जिल्ला समन्वय समितीका सदस्य उर्मिला रेग्मीले बताउनुभयो । संस्थाको लक्षित वर्ग महिला, बालबालिका, अपांगता, सिमान्तकृत, जनजाती, दलित, पछाडी पारिएका र जोखिममा परेका समुदाय, किसान, मजदुर, आप्रवासी र तिनका परिवार रहेको सँस्थाका निर्वमान अध्यक्ष मेघ बहादुर तामाङले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य उर्मिला रेग्मी, थाक्रे गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजकुमार पौडेल, ६ नम्बर वडा अध्यक्ष रामशरण कार्की, ७ का वडा अध्यक्ष राम कुमार बस्नेत, ११ नम्बरका वडा अध्यक्ष रवि प्रकाश ओझा, सिड्स नेपाल धादिङका अध्यक्ष, सदस्यहरु, कर्मचारी, लगायत समुहमा आबद्ध भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको धार्केमा रहेको रेडियो राजमार्ग ९२.१ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरेको थियो । २०७६ भदौ २८ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २९, २०७६ आइतवार - ०३:००:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology