धादिङ । सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार भन्ने मुल नारा सहित २९ औ राष्ट्रिय बाल दिवसको अवसरमा अन्तर बाल समूह बिच विविध प्रतियोगिताको आयोजना भएको छ। गजुरी गाउँपालिका वडा नं ५ मा रहेको अग्रशिल वडा स्तरीय बाल संञ्जाल को आयोजना र गजुरी गाउँपालिका वडा नं ५ र प्रयास नेपाल धादिङको आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना भएको हो ।
कार्यक्रममा वक्तृत्वकला तर्फ समाज सुधार बाल समुहको सुजन श्रेष्ठ प्रथम, बागेश्वरी बाल समुहको मेनुका राई द्दितिय, सुनौलो भविष्य सामुदायिक बाल समूह सुष्मा लामिछाने तृतीय र ज्ञान ज्योति बाल समुहको सुजन सुवेदीले चौथो स्थान हासिल गरेका थिए ।
यस्तै म्युजिकल चेयरतर्फ सरस्वती आधारभुत विद्यालयको हरि सुनार प्रथम, डोल भञ्ज्याङ माविको उष्मा प्रजा द्दितिय र डोल भञ्ज्याङ् माविकै शंकर मगरले तृतीय स्थान हासिल गरेका छन् ।
कार्यक्रममा प्रथम, द्दितिय, तृतीय हुनेलाई बाल सञ्जालका अध्यक्ष , वडा अध्यक्ष लगायत ले प्रमाण पत्र, शैक्षिक सामाग्री र नगद प्रदान गरेका छन् ।
कार्यक्रममा बाल सञ्जालका अध्यक्ष भुवन भण्डारीको अध्यक्षता रहेको थियो भने वडा अध्यक्ष रामचन्द्र मिजारको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुको आतित्थ्यता रहेको थियो ।
२०७६ भदौ २९ मा प्रकाशित