सन्तोष सुवेदी
धार्के । राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । यस वर्षको बालदिवसको नारा “ सुनिश्चित बालअधिकार ः समृद्ध नेपालीको आधार” रहेको छ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालय, बालक्लले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् ।
धादिङको गजुरी गाउँपालिकाको आदर्श माध्यमिक बिद्यालयमा बाल दिवसको अबसरमा बिबिध कार्यक्रम गरिएको छ । गाउँपालिकाको आयोजना तथा सिविस नेपाल र प्रयास नेपालको सहआयोजनामा भएको कार्यक्रममा चित्रकला प्रतियोगीता तथा वडा स्तरिय बाल सन्जालको हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । चित्रकला तर्फ प्रथममा आभा भट्ट डोलभन्ज्याङ माध्यमिक बिद्यालय, दोस्रोमा प्रबिन श्रेष्ठ गजुरी पिडा माध्यमिक बिद्यालय, तेस्रोमा रिया भण्डारी आदर्श माध्यमिक बिद्यालय र सान्त्वनामा जगदम्बा बोर्डिङ स्कुलका अर्चना श्रेष्ठ हुनु भएको छ ।
यसैगरी हाजिरी जवाफ प्रतियोगीता तर्फ वडा स्तरिय बाल क्लवहरुको सहभागीता रहेको थियो । जसमा ७ वटा टिमहरुको सहभागीतामा कार्यक्रम भएको छ । प्रतियोगीतामा अग्रशिल बाल क्लब वडा नम्बर ५ जसमा सुस्मा लामिछाने, आभा भट्ट, सरिश्मा भण्डारीको टिम प्रथम हुन सफल भएको छ । यसैगरी वडा नम्बर १ को टिम प्रशान्त भण्डारी, अपेक्षा ढुङगाना, मानव चेपाङको टिम द्धितिय हुन सफल भएको छ । वडा नम्बर ७ को टिम दुर्गा अधिकारी, रुपा तामाङ र आशिष श्रेष्ठको टिम तेस्रो भएको छ भने वडा नम्बर ६ को टिम अनुज सुवेदी, सुजन सुवेदी र राधिका चेपाङको टिम सान्त्वना हुन सफल भएको छ ।
कार्यक्रममा बिजेता बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहित टिका लगाएर सम्मान गरिएको थियो । साथै कार्यक्रममा बिद्यार्थीहरुसँग अन्तर सम्बाद कार्यक्रम पनि सम्पन्न भएको सिविस नेपालका प्रमुख सन्तोष सत्यालले बताउनुभयो ।

यसैगरी धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेबेबेशिमा ५५औँ राष्ट्रिय बाल दिवसको अबसरमा महान् प्रतिभाको खोजि कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा गायन, नृत्य, चित्रकला, बक्तृत्वकला, निबनध लेखन प्रतियोगीता, कबिता तथा, आबिश्कार प्रदर्शन लगायतका कार्यक्रम सम्पन्न भएको छ ।
साथै ५ विधामा उत्कष्ट भई प्रतियोगिताको प्रथम जनजागृती माविबाट स्नेहा रुपाखेती, आयुस रिजाल दितिय लिलाकाली मा बि र सुस्मा रिजाल तृतीय महाकाली मा बि सिम्लेबाट रहेका छन् ।
जनजागृति मा विका एकल गायन तर्फ निलिशा राइ, नृत्य तर्फ स्नेहा रुपाखेति, स्वतन्त्र लेखनअंग्रेजी तर्फ अनुप बिडाँरी, कविता तथा गित लेखन र्फ रुपा सुबेदि र खोज तथा आविश्कार तर्फ गौतम धिताल विजयी भएका छन् ।
महाकाली मा वि बाट स्वतन्त्र लेखन अंग्रेजी आ बि तर्फ सुस्मा रिजाल, स्वतन्त्र लेखन नेपाली र निबन्ध लेखनमा विजयी भएको छ ।
लिलाकाली मा विबाट चित्रकला ९ मा वि र वक्तृत्वकला (मा वि) आयुस रिजाल विजयी भएका छन् । भगवति आवि ले जित हासिल गरेका विधाहरुमा स्वतन्त्र लेखन-नेपाली र नृत्य रहेको छ । बाघ बच्छला विद्यालयले आवि तर्फ चित्रकला प्रतियोगितामा विजयी भएको छ ।
यसैगरी धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ मा रहेको आदर्श माध्यमिक बिद्यालय दामेचौरमा बाल दिवसकै असरमा बिबिध कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयको आयोजनामा भएको कार्यक्रममा प्राबि स्तरिय बाल गीत प्रतियोगीता, हस्तलेखन तथा सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । गीत प्रतियोगीतामा प्रथम हुनेमा आदर्श माबि दामेचौर, द्धितियमा शिव सँकर प्राबि र तृतिय सारदा प्राबि हुन सफल भएको छ । यसैगरी हस्तलेखन प्रतियोगीताको प्रथममा सारदा प्राबि, द्धितियमा आदर्श माबि र तृतियमा शिब सँकर प्राबि र सान्त्वनामा सुन्दरी प्राबिका बिद्यार्थी सफल भएका छन् । कार्यक्रममा प्रमुख अतिथीका रुपमा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, बिशेष अतिथीमा अम्बिका रुपाखेति, वडा नम्बर ५ का वडा अध्यक्ष भुमीबहादुर तामाङ, शिक्षक, बिद्यार्थी, अविभावक लगायतको सहभागीता रहेको थियो ।
यसैगरी गल्छि गाउँपालिका वडा नम्बर ४ मास्टारमा रहेको जनकल्याण माबिमा पनि बाल दिवसको अबसरमा कार्यक्रम गरिएको छ । बिद्यालयमा भएको कार्यक्रममा निबन्ध लेखन, चम्चे दौड, नृत्य लगायतका कार्यक्रम आज सम्पन्न भएको छ । जनकल्याण बाल क्लवले आयोजना गरेका कार्यक्रममा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ । बाल क्लवका अध्यक्ष सबु मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक, बिख्द्यार्थी, अबिभावक लगाय स्थानियको सहभागीता रहेको थियो ।

यसैगरी धुनिबेशि नगरपालिका वडा नम्बर ४ मा रहेको खैरैनी आधारभुत बिद्यालयमा पनि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बिद्यालयको आयोजनामा गरिएको कार्यक्रममा शिक्षक, बिद्यार्थी लगायतको सहभागीता रहेको थियो ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
नेपालले मानव अधिकारको विश्वव्यापी घोषणापत्र २०४८, बालबालिका सम्बन्धी महासन्धी १९८९ यस अन्तर्गत बनेका प्रोटोकल र अन्तर्रा्िष्ट्रय सन्धी सम्झौताको आधारमा बालबालिका सवालहरूलाई बाल बचाउ, बाल संरक्षण, बालबिकास र बाल सहभागिता समेतको आधारमा व्यापक दायारामा समेटी नेपालको संविधान २०७२ ले बालबालिका सम्बन्धी ऐन नियमहरू, राष्ट्रिय नीति आवधिक एवं वार्षिक योजना र कार्यक्रम तथा संस्थागत व्यवस्था भित्र समावेश गरी स्थानीय तहबाटै कार्यान्वयन अगाडी बढाइएको छ ।
२०७६ भदौ २९ मा प्रकाशित