शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संविधान दिवसको अबसरमा धुनिबेशी नगरपालिकाद्धारा विविध कार्यक्रम आयोजना

संविधान दिवसको अबसरमा धुनिबेशी नगरपालिकाद्धारा विविध कार्यक्रम आयोजना

  • 5.9K
    SHARES
  • महेश्वर सुबेदी धार्के । धादिङको धुनिबशी नगरपालिकाले संविधान दिवसको अबसरमा असोज २ गते नगरस्तरिय बक्तृत्वकला कार्यक्रमगर्ने भएको छ्द। सबिधानको कार्यन्वयनमा स्थानियतहको भुमिका बिषयमा हुने उक्त कार्यक्रममा नगरपालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालयहरुको सहभागिता रहनेछ। माध्यमिकतह अन्तर्गत कक्षा नौ देखि बाह्र कक्षासम्म अध्ययनरत नगरपालिका भित्रका १७ बिद्यालयका एक एक जना विद्यार्र्थीहरुले संबिधान कार्यन्वनमा स्थानियतहको भुमिका विषयमा आफ्नाआफ्ना बिचारहरु राख्नु पर्ने नगरपालिका शिक्षा शाखाका प्रमुख सुजन राज खनालले जानकारि दिनुभयो । देशमा भएको पछिल्लो राजनितिक परिवर्तनका कारण अहिले नागरिकहरुको पक्षमा अहिलेको संविधान रहेको र संविधानका बारेमा विद्यार्थी शिक्षकजन प्रतिनिधि लगायत आमना गरिकलाई जानकारि गराउने उदेश्यले कार्यक्रम आयोजना गरिको र कार्यक्रमले विद्यार्थीको बौदिकतामा समेत बृद्धि हुने नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो। साथै असोज ३ गते संविधान दिवसको अबसरमा तिनै तहका सरकारले बिबिध कार्यक्रम गरि मनाउने नगरपालिकाले जनाएको छ । संविधान दिवसकै सन्दर्भमा रहेर असोज २,३ र ४ गते सरकारी तथा गैरसरकारी कार्यलयहरु र नागरिकका घरघरमा दिपावली गर्न अनुरोध गर्ने सडक तथा मुख्य बजारहरुमा रास्ट्रीय झण्डा राख्ने ,एक आपसमाखुशि बाढ्ने तथा संविधानमा ब्यवस्था भएका हकअधिकार र कानुनका सन्द्रर्भमा सबैलाई जानकारि गराउने लगायतका कार्यहरु तय गरिएको नगरपालिका प्रमुख आचार्यले बताउनुभयो । यि सबै कार्यहरु गर्न नगरपालिकाभित्र रहेका सबै राजनितिकदल संघ संस्था कार्यलय लगायत सबैलाई आहान गरिएको नगरपालिकाले जनाएको छ ।
    २०७६ भाद्र ३१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०७६ मंगलवार - २१:३४:१३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology