शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संविधान दिवसको अबसरमा थाक्रेलाई अनिवार्य तथा निशुल्क शिक्षा गाउँपालिका घोषण गरीने

संविधान दिवसको अबसरमा थाक्रेलाई अनिवार्य तथा निशुल्क शिक्षा गाउँपालिका घोषण गरीने

  • 4.9K
    SHARES
  • शिवराज आचार्य धार्के । धादिङको थाक्रे गाउँपालिकाले संविधान दिवसको अबसरमा थाक्रेलाई अनिवार्य तथा निशुल्क शिक्षा गाउँपालिका घोषण गर्ने भएको छ । नागरिकले परिवर्तन बाट प्राप्त गरेको अधिकार लाई जनस्तर सम्म पुग्ने गरी काम गरीने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले असोज २ गते आफ्नो क्षेत्र भित्र रहेका रहेका संम्पूर्ण सरकारी कार्यलय तथा विद्यालयमा सरसफाई कार्यक्रम र बेलुका दिपावली गर्ने बताएको छ । त्यसै गरी असोज ३ गते संविधान दिवसको दिन २०७२ को संविधानको सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम र गाउँपालिका लाई अनिवार्य तथा निशुल्क शिक्षा गाउँपालिका घोषण र दिपावली गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष राम कमार आचार्यले बताउनु भयो । त्यसै गरी असोज ४ गते सम्पूर्ण सरकारी,गैर सरकारी संघ संस्था तथा सम्पूर्ण विद्यालयहरुले बेलुका दिपावली गर्ने कार्यक्रम तय भएको अध्यक्ष आचार्यले बताएका छन् ।
    २०७६ भाद्र ३१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १, २०७६ बुधवार - ०३:२१:१३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology