शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्वास्थ्य मन्त्री एक वर्षमा २५ पटक विदेश भ्रमणमा

स्वास्थ्य मन्त्री एक वर्षमा २५ पटक विदेश भ्रमणमा

  • 5.9K
    SHARES
  • काठमाण्डौँ । देशभर डेंगी फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरूमा अहिले डेंगीसँगै स्क्रबटाइफस लगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्य मन्त्री यादव भने फेरि विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि । देश डेंगी र इक्रबटाइफस, जिका र चिकनगुनियाको उच्च जोखिममा परेका बेला त्यसलाई बेवास्ता गर्दै स्वास्थ्यमन्त्री यादव बुधबार १४ दिनका लागि अमेरिका भ्रमणमा जाने तय भएको छ । उनलाई देशमा फैलिएका विभिन्न रोगबाट नागरिकको स्वास्थ्य जोखिमका परेकाप्रति कुनै प्रवाह नरहेको र केवल विदेश सयरमा मात्र ध्यान रहेको मन्त्रालयका उच्च अधिकारीको गुनासो छ । मन्त्रालयका सहसचिवस्तरका कर्मचारी सहभागी भए हुने कार्यक्रममा पनि मन्त्री यादव आफैं जाने गरेको स्रोतको भनाइ छ । मन्त्री बनेयता पटकपटक विदेश गएकाले उनलाई ‘डुलुवामन्त्री’ भनेर पनि चिन्छन् मन्त्रालयका कर्मचारी । मन्त्रालय स्रोतका अनुसार एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश भ्रमणमा गएका छन् । नागरिक दैनिकमा खबर छ । २०७६ असोज १ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १, २०७६ बुधवार - १६:३६:२८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology