सिद्धलेक,धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ६ ईर्जु नेपालगाउँमा संचालित आधारशीला तालीमका सहभागी महिलाहरुले सिकेको ज्ञान सीप व्यवहार लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । ४ दिने आधारसिला कार्यशाला पछि समूहमा आबद्ध महिलाहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् सरस्वती स्बबलम्बी महिला समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले हेफर ईन्टरनेशनल नेपाल र सिद्धलेक गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरेको सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्र्तगत ईर्जु नेपालगाउँमा गठित सरस्वती महिला सदस्यहरुको लागि ४ दिने तालीम संचालन भएको हो ।
तालीममा स्बः नेतृत्व,सकारात्मक सोचका पाईलाहरु,हाम्रो मुल्य मान्यताहरुको बारेमा अन्तरक्रिया भएको थियो । तालीममा १२ वटा आधारशीलाहरु उपहार प्रदान, उत्तरदायित्व, बाँडिचुँडी उपभोग र स्याहार,दिगोपना र आत्मनिर्भरता,पशु तथा स्रोतको उचित व्यवस्थापन, पोषण स्वास्थ्य र आयआर्जन, लैङ्गिक र परिवार केन्द्र बिन्दु, बास्तविक आवश्यकता र न्याय, वातावरण सुधार, पूर्ण सहभागीता, तालीम शिक्षा र संचार,आध्यामिकताका लगायतका बिषयमा प्रयास नेपाल धादिङ्गका कार्यकारी निर्देशक दामोदर अर्याल, सामुदायिक सहजकर्ता एकराज पण्डित,अनिशा कट्टेलले सहजिकरण गर्नु भएको थियो ।
महिला समुहको सदस्यहरुले तालिमबाट हाँसिल भएको सिकाई आफुले व्यवहारमा कार्यान्वयन तथा ज्ञान सीप बिस्तार र अनुगमन कार्य योजना गरेको सामुदायिक सहजकर्ता अनिशा कट्टेलले जानकारी दिनु भयो । २९ गते आईतबारबाट शुरु भएको तालीम बुधबार समापन भएको हो ।
प्रयास नेपाल धादिङले सिदलेक गाउँपालिकाको वडा नं १ देखि ७ सम्म ५९ वटा महिला समूह र समूह मिलेर बनेको उपहार महिला कृषि सहकारी संस्था मार्फत कार्यक्रम संचालन गरेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो । समाजमा महिलाहरुले पनि सामाजिक विकासमा संलंग्न भई कार्य गर्न सक्ने आँट सीप विकास भएको सरस्वती स्बबलम्बी महिला समूहकि सचिव कुमारी श्रेष्ठले बताउनु भयो । तालीम पछि समुहले सदस्यहरुको सामाजिक तथा आर्थिक सबलिकरण हुने कार्यक्रमहरु संचालन गर्ने योजना रहेको सरस्वती स्बबलम्बी महिला समूहकि कोषाध्यक्ष जुनामाया श्रेष्ठको भनाइ रहेको छ ।
२०७६ असोज १ गते प्रकाशित
प्रकाशित मिति :आश्विन २, २०७६ बिहिवार -
०३:२२:३० बजे