शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एक–अर्काविरुद्धको जाहेरीले मेयर, उपमेयर दुवै फरार

एक–अर्काविरुद्धको जाहेरीले मेयर, उपमेयर दुवै फरार

  • 7.1K
    SHARES
  • काठमाण्डौँ । देशैभरका प्रायः स्थानीय तहमा प्रमुख र उपप्रमुख भिन्दाभिन्दै दलका हुँदा विवाद हुने गरेकोमा धनुषास्थित हंसपुर नगरपालिकामा भने एउटै पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखबीचको विवादले एकजना नगरबासीको ज्यानै लिइसक्यो। नेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा नमिलेर सुरु भएको विवाद बल्झिदै दुई पक्षबीच झडप हुँदा एकजनाको ज्यान गएको हो। राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन्। सोही पार्टीकी रेणु झा उपप्रमुखमा जितेकी छिन्। उमेरको हिसाबले आमा–छोरा जस्तो देखिने दुवैबीच चुनाव ताका आमा–छोरा जस्तै व्यवहार पनि देखिन्थ्यो। मेयर मण्डलले उपमेयर झालाई सम्बोधन पनि ‘अन्टी’ (काकी) नै भन्थे। नागरिक दैनिकमा खबर छ । २०७६ असोज २ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २, २०७६ बिहिवार - १५:३३:३० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology