शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काम्राङमा महिनावारी स्वच्छता ब्यबस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

काम्राङमा महिनावारी स्वच्छता ब्यबस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • 6.6K
    SHARES
  • सन्तोष सुवेदी धार्के । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४ काम्राङमा महिनावारी स्वच्छता ब्यबस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । काम्राङ बृहत् खानेपानी सरसफाई तथा स्वच्छता उपभोक्ता समितीको आयोजना, डिसिएको आर्थिक तथा एक्सन नेपाल र थाक्रे गाउँपालिकाको समन्वयमा सञ्चालन भएको अभिमुखिकरण कार्यक्रममा महिनावारी भएको समयमा के गर्ने, कसरी हेरचाह गर्ने, खानेकुरा तथा सरसफाईमा कसरी ध्यान दिने भन्ने लगायतका बिषयमा रहेर अभिमुखिकरण गरिएको खानेपानी आयोजनाका सचिव हिरालाल तामाङले जानकारी दिनुभयो । महिनावारी भएको समयमा अझै पनि छुवाछुतको प्रथा धेरै ठाउँमा कायम रहेको छ । महिनावारी भएकै कारण पोषिलो खानेकुरा खान नदिने, देबिदेवता छुन नहुने, बोटबिरुवा छुँदा बिरुवा मर्छ भन्ने कुप्रथा अहिले पनि हाम्रो समाजमा रहेको छ । यस्ता प्रथाहरुलाई अन्त्य गरेर महिला स्वास्थ्यलाई ध्यान दिँदै यस अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको एक्सन नेपालले जनाएको छ । महिनावारी सम्बन्धी जानकारीद्धारा बदलिन्छ दुनिया सारा भन्ने मूले नाराका साथ सञ्चालित कार्यक्रममा महिनावारी स्वच्छता ब्यबस्थापनमा महिला, पुरुष र समुदायको भुमिका, महिनावारी सरसफाई, फोहोर ब्यबस्थापन, महिनावारी पुर्ब हुने लक्षणहरु, महिनावारी स्वास्थ्यको हेरचाह, महिनावारीमा पोषण आदिमा रहेर छलफल गरिएको काम्राङ बृहत् खानेपानी सरसफाई तथा स्वच्छता उपभोक्ता समितीका सचिव हिरालाल तामाङले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रममा स्थानियस्तरमा बनाउन सकिने कम खर्चिलो र पुन : प्रयोग गर्न मिल्ने प्याड बनाउने तरिका समेत सिकाईएको थियो । उक्त अभिमुखिकरण कार्यक्रममा २८ जनाको सहभागीता रहेको थियो ।
    २०७६ असोज ०२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३, २०७६ शुक्रवार - ०५:१८:१७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology