शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छि गाउँपालिकाद्धारा संविधान दिवसमा प्रभात फेरी कार्यक्रम (फोटो फिचर)

गल्छि गाउँपालिकाद्धारा संविधान दिवसमा प्रभात फेरी कार्यक्रम (फोटो फिचर)

  • 5.9K
    SHARES
  • शिवराज/विपिन महेशदोभान । धादिङको गल्छि गाउँपापलकाको आयोजनामा संविधान दिवस भब्यरुपमा मनाईएको छ । गल्छि गाउँपालिकाको गल्छि चोक बाट सुरुभएको प्रभात फेरि कार्यक्रम गल्छि ६ को महेशदोवानको अम्लेश्वर महादेब मन्दिर प्राङगणमा विशेष कार्यक्रमको आयोजना गरी समापन भएको छ । प्रभात फेरीकार्यक्रममा गल्छि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वडा अध्यक्ष ,कार्यापालिका सदस्य ,सदस्य ,राजनितिकदलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि ,स्थानिय नागरिक लगायतको सहभागीता रहेको थियो । नेपाली जनताले ठूलो बलीदान र त्यगबाट २०७२ साल असोज ३ गते संविधान जारी गरका थिए । नेपालमा ६० वर्ष पछि नागरिकले चुनेर पठाएका जनताका छोरा छोरीले लेखको संविधान जारी भएको दिनको खुसियालीमा संविधान दिवस मनाउन थालिएको हो । २०७२ सालको संविधान पछि अहिले नेपालमा ७५३ स्थानिय तहको सरकार ,७ वटा प्रदेश सरकार र १ वटा संघिय सरकार रहेका छन । तिनै तहका सरकार हरुले आज विविधि कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउदै छन । आज बेलुका सरकारी तथा गैरसरकार कार्यालयहरुमा र नागरिकका घर घरमा दिपावली गर्न गाउँपालिकाले आग्रह गरेको छ । फोटोहरु हेर्नुहोस्..........(फोटोग्राफर : विपिन मल्ल ) २०७६ असोज ३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७६ शनिवार - ००:२७:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology