शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संविधान दिवसको अवसरमा धुनिबेशी नगरपालिकाद्धारा प्रभातफेरी कार्यक्रमको आयोजना

संविधान दिवसको अवसरमा धुनिबेशी नगरपालिकाद्धारा प्रभातफेरी कार्यक्रमको आयोजना

  • 6.0K
    SHARES
  • खानिखोला । धादिङको धुनिबेशी नगरपालिकाले संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । प्रभातफेरी कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी लगायतले सँविधान, यसको महत्व लगायतका बारेमा बनाईएको प्लेकार्ड सहित नारा लगाएका थिए । नगरपालिकाको प्राँगणबाट सुरु भएको र्यालीले खानिखोला बजार परिक्रमा गर्दै नगरपालिकामै आएर औपचारीक कार्यक्रमको आयोजना गर्दै प्रभातफेरी कार्यक्रमको समापन भएको हो । नगरप्रमुख बालकृष्ण आचार्यले उद्घाटन गर्नुभएको कार्यक्रमलाई उहाँले नै समापन गर्नुभएको हो । यसैबिच कार्यक्रममा समेट्नुपर्ने विषय, सहभागी गराउनुपर्ने व्यक्ति तथा सँस्थालाई छुटाईएको भन्दै केहिले असन्तुष्टि जनाएका छन् । नगरपालिकाले भने यस अघिको तयारी बैठकमा जिम्मेवारी लिएका व्यक्तिले नै उचित ध्यान नदिएकाले यस्तो समस्या आएको जनाएको छ । यसैबिच नेवा देय दवु र धुनिबेशी नगरपालिकाको संयुक्त आयोजनामा भएकाे बृहत खुल्ला रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् । २०७६ असोज ०३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७६ शनिवार - ०२:५०:१६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology