शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी नगरपालिकाद्धारा उत्कृष्ट शिक्षक, विद्यार्थी तथा विद्यालयलाई सम्मान

धुनिबेशी नगरपालिकाद्धारा उत्कृष्ट शिक्षक, विद्यार्थी तथा विद्यालयलाई सम्मान

  • 5.9K
    SHARES
  • खानिखोला । धुनिबेशी नगरपालिकाले शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ । एसईई परिक्षामा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी, शिक्षकलाई सम्मान गरिएको हो । यसका साथै विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा उत्कृट जिपीए ल्याउने मच्छिन्द्र माध्यमिक विद्यालयका विजय तामाङ र रजनी श्रेष्ठ रहनुभएको छ । यस्तै शिक्षकहरुमा महादेवस्थान माविबाट अँग्रेजी विषय तर्फ अर्जुन रेग्मी, गणित तर्फ किरण कुमार कुँवर, विज्ञान तर्फ राजेन्द्र कुँवर, सामाजिक तर्फ पुन अर्जुन रेग्मी, जनसँख्या तर्फ पुन राजेन्द्र कुँवर, वातावरण तर्फ अनिल रुपाखेती र कम्प्युटर तर्फ प्रज्वल चापागाईँ रहनुभएको छ । सबै भन्दा बढि विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल महादेवस्थान माविले उत्कृष्ट विद्यालयको रुपमा पनि सम्मान पाएको छ । अन्य विद्यालयहरुमा महेशधर्म माविबाट नेपाली विषय तर्फ नवराज रिजाल, अर्थशास्त्र विषयतर्फ दिप बहादुर खत्री, लेखा तर्फ रितुकान्त पोखरेल सम्मानित हुनुभएको छ । यस्तै मच्छिन्द्र माविबाट ऐ. गणित तर्फ सिताराम कोईराला, महाकाली किसान माविबाट शिक्षा विषय तर्फ रामराजा रिजाल र भुवनेश्वरी माविबाट कृषी तर्फ भरत रेग्मीलाई दोसल्ला, सम्मानपत्र र सिल्ड सहित सम्मान गरिएको हो । यसैगरी लामो समय स्रोत व्यक्तिको रुपमा काम गर्नुभएका स्रोत व्यक्ति केशव पौडेललाई पनि सम्मान गरिएको छ । यस्तै त्रिकुटेश्वरी आधारभुत विद्यालयमा कार्यरत कार्यालय सहयोगी बलराम अधिकारीलाई नगद सहित सम्मान गरिएको छ । यस्तै शिक्षा दिवसको अवसरमा आयोजित चित्रकला, निबन्ध तथा बक्तृत्वकला प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने विभिन्न निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पनि नगद तथा प्रसँसा पत्रका साथ सम्मान गरिएको छ । २०७६ असोज ०३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७६ शनिवार - ०३:०७:२६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology