गजल
प्रेमकै प्रसङ्ग उठाँउछ्यौ तिमी
घरी घरी नजर जुधाँउछ्यौ तिमी
हेर भन्छ्यौ यहि अरु नभएझै
सपनाकै संसार देखाउछ्यौ तिमी
जोडु या घटाउँ एकै मात्र हुन्छ
गजबको गणित पो पढाँउछ्यौ तिमी
त्याग तिमी जञ्जिर जित्नु छ यो संसार
हौसलाकै कुरा सुनाउछ्यौ तिमी
मर्ने यहि यौटा शरीर न हो जाबो
अमर छ यो आत्मा बुझाउछौ तिमी ।